मूल प्रवाह तारापुर नगर समितिद्वारा नन्द कुमारीको दाहसंस्कार

  •   
  •  
  •  
  •  
  •  
  •  

441 जनाले पढ्नु भयो ।

तारापुर । स्याङ्जा चापकोट साबिक ९ आधिखोला निवासी हाल तारापुर बोइसर बस्दै आउनु भएकी नन्द कुमारी आलेको २९ जुलाई २०२१ का दिन दुःखद निधन भएको छ । उहाँको अन्तिम संस्कार बेटेगाउमा गरिएको हाम्रा महाराष्ट्र संवाददाता टंक कुँवरले जानकारी दिनुभएको छ ।

नन्द कुमारीको सम्झनामा एक मिनेट मौनधारण सहित सम्पन्न श्रद्धाञ्जली कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिका अध्यक्ष खड्क राइको सञ्चालनबाट अगाडि बढेको थियो ।

समाजका केन्द्रीय सदस्य टंक कुँवर, केन्द्रीय साँस्कृतिक विभागका बोम सिंजापती र तारापुर नगर समितिका लेखनाथ पाण्डे लगायतले मृतकको सम्झनामा शोक मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *