मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका पूर्व उपाध्यक्ष थापा संस्थापन पक्ष मै

  •   
  •  
  •  
  •  
  •  
  •  

1083 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका पूर्व उपाध्यक्ष एवं हाल कोयम्बटोर नगर समितिका सदस्य रेशम थापाले आफू संस्थापन पक्षमै रहेको बताउनुभएको छ ।

मूल प्रवाह एकता समाजबाट अनुशासनको कारबाहीमा परी निश्काशित तत्वहरूले आफ्नो जानकारी विना नै उनीहरूको कथित क्षेत्रीय समितिमा राखेपछि थापाले स्पष्टीकरण सार्वजनिक गर्दै आफू संस्थापन पक्षमै रहेको जानकारी गराउनुभएको हो ।

आज अगस्त १४, २०२१ का दिन सार्वजनिक गर्नुभएको स्पष्टीकरणमा उहाँले आफू अनुशासनविहीन तत्वहरूको गुटमा नरहेको तथा दुर्गाबहादुर केसी केन्द्रीय अध्यक्ष र चन्द्रबहादुर थापा क्षेत्रीय अध्यक्ष रहेको मूल प्रवाहको संस्थापन पक्षमा नै रहेको बताउनुभएको छ ।

थापाले स्पष्टीकरणमा लेख्नुभएको छ :

“म रेशम थापा लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कोयम्बटोर नगर समिति र दक्षिण भारत क्षेत्रीय समितिमा रही सङ्गठनात्मक कार्यमा निरन्तर क्रियाशील छु । अहिले सङ्गठन विरोधी अराजक तत्वले आफ्नो मनमानी तरिकाले मलाई नसोधिकन सङ्गठनबाट कारबाहीमा परेका देवबहादुर लामिछाने र महेन्द्र बस्यालको गुटले झुटा समाचार फैलाएको रहेछ । त्यो झुट, फुटपरस्त तत्वको गुटमा नरहेको र यसै संस्थापन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी र क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा भएकै सङ्गठनमा निरन्तर रहेको जानकारी गराउँछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *