मूल प्रवाह नगर समितिद्वारा देउसी–भैलो समिक्षा

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत दमन नगर समितिले २०७७ साल प्रगतिशिल देउसी भैलो कार्यक्रम समिक्षा सहित समापन गरिएको छ ।

नगर सदस्य गणेश ओझाको सञ्चालन, नगर अध्यक्ष शेर बहादुर बिकको अध्यक्षता र केन्द्रिय सदस्य गोविन्द बहादुर थापाको आतित्थ्यतामा अगाडि बढेको सो कार्यक्रममा पश्चिम क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सद्स्य बाबुराम दहित चौधरीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सुरेश परियारले स्वागत मन्तव्य दिनुभएकोे सो कार्यक्रममा प्रमुख अतिथि थापाले नगर समितिका सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यबाद दिंदै समाजको महत्व र आवश्यकताको बारेमा बोल्नु भएको थियो ।

बेद बहादुर कार्की, बाबुराराम दहित र अध्यक्ष शेर बहादुरले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

उपस्थित कार्यकर्ताहरुलाई चिया नास्ताको पनि व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार