मूल प्रवाह बढौदराको बाघोडिया एरिया समिति गठन

बढौदरा, २६ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बढौदरा नगर समिति अन्तरगत बाघोडिया उमा चाररस्ता एरिया समिति गठन गरिएको छ ।

ज्ञानेन्द्र खत्रीको सञ्चालन र तिलक खत्रीको अध्यक्षता एवं केन्द्रीय सचिव एवं पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो । भेलामा सहभागिहरुलाई भोपाल बिष्टले स्वागत मन्तब्य दिनुभएको थियो ।

भेलाले चाररस्ता एरिया समिति निर्माण चयन गरेको छ । जसमा : अध्यक्ष– तिलक खत्री, उपाध्यक्ष– भोपाल बिष्ट, सचिव– ज्ञानेन्द्र खत्री, सहसचिव– ललित बुढा, कोषाध्यक्ष– प्रेम बस्नेत, सदस्यहरुमा : निमराज बिष्ट, रुपेस बस्नेत, बैकल्पिक सदस्य, दिपक वुढा, ललित बुढा क्षेत्री, सल्लाहकारहरुमा : मेघराज बिष्ट र खडक बिष्ट रहनुभएको छ ।

नयाँ समितिलाई केन्द्रीय सचिव बेद बहादुर कार्कीले बधाई तथा कार्याकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार