मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

300 जनाले पढ्नु भयो ।

जयपुर, १८ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नारायण ज्ञावलीको सञ्चालन तथा इश्वरी आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई तेज बहादुर घर्तिले स्वागत गर्नुभएको  थियो ।

कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य नारायण शर्मा, सल्लाहकार धनवीर पुन मगर र सल्लाहकार वेल बहादुर रजालीले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा अनुशासन, भारतमा मूल प्रवाह अखिल भारत एकता समाजको स्थापना र महत्व, तात्किालिक राजनीतिक परिस्थिति तथा राजनीतिक पार्टीहरु र क्षेत्रीय समितिको आगामि कार्यक्रम लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *