मूल प्रवाह श्रमजीवीहरुको पाठशाला हो

तारा सोमरे –हिसार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरुको अभिभावक संगठन हो । संगठनले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुका बीचमा जिम्मेवारी वहन गर्दै आएको छ । सामान्य लाहुरे बन्ने सपना बोकि प्रदेश (भारत) पसेका श्रमजीवी नेपालीहरुलाई सामाजिक, राजनीतिक रुपमा चेतनाको विकास गराउने पाठशाला स्थापित भएको छ ।

यो “मूल प्रवाह” पाठशालामा पढाउने प्रशिक्षक या प्रशिक्षित मजदुरीलाई नजिकैबाट शारीरिक, मानसिक रुपमा दुःख, कष्ट भोगेका हुन्छन् । छिमेकी देश भारतलाई गुलाम बनाई शासन गरिरहेको अंग्रेज शासकहरु बिच सन् १८१४ नोभेम्बर १ मा शुरु भएको युद्द सन् १८१६ मार्चमा समाप्त सँगै सन् १८१६ मार्च ४ मा सुगौंली सन्धिको अनुरुप नेपाल आत्मनिर्भरताबाट परनिर्भरता भएको थियो ।

अंग्रेजहरुले नेपाललाई सबै क्षेत्रबाट कमजोर गराउने उद्देश्य सहित सैनिक भर्ना केन्द्र खोली युद्दमा नेपाली सेनाको विरता एवं योग्यता हेरेर धेरै प्रभावित भए र नेपाली सेनालाई विश्व मै अद्दितिय एवं अतुलनिय ठानेर आफ्नो सेनामा भर्ना गर्ने क्रम शुरु गरे । गढवाल र देहरादुन एवं अन्य अरु अनेकौं ठाउँमा भर्तिकेन्द्र खोलेर नेपालीलाई राम्रो तलब, पेन्शन इत्यादी सुविधा दिई लोभ्याए । फलस्वरूप धेरै संख्यामा गोर्खलीहरु ब्रिटेनको सेना भए जसले अंग्रेजको शक्ति बढाउन धेरै सहयोग पु¥याए ।

१८१६देखि छिमेकी देशमा रोजगारीको लागि आउने युवाहरु दुईप्रकारका थिए । शारीरिक, मानसिक रुपमा सक्षम अंग्रेज सेनामा भर्ती भएका थिए भने भर्ती हुन नसकेका युवाहरु फ्याक्ट्री लगायत अन्य क्षेत्रमा मजदुरी गरि जिविपोर्जन चलाउँदै आएका थिए ।

१९४७ मा छिमेकी देश स्वतन्त्रता घोषणा भएपछी १९५०मा नेपाल, भारतको सन्धीले नेपाली कामदारहरु बाक्लो रुपमा भारतका कुना–कुनामा आएर मजदुरी गर्ने क्रम जारिनै रह्यो । घर छोडेर प्रवासमा जिविपोर्जन गर्ने श्रमजीवीहरु माथी विभिन्न प्रकारका शोषणहरु भैरहेका थिए । मालिकद्धारा कुटपिट, महिनाभरी कार्य गरेको मिहिनेती नदिने जस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको हुँदा उनीहरुको रक्षाको नाममा अलिकति चेतना भएका मानिसहरुको बिचमा समूह बनाएर सामाजिक संगठनको हैसियतले कार्य गरिरहेका थिए ।

भारत भौगोलिक रुपमा अत्यन्तै ठूलो भएको हुँदा श्रमजीवी नेपालीहरुको बिचमा सामाजिक संस्थाहरुको उद्दार कार्यमा सुस्त देखिएको थियो र कतिपय संघ संस्थाले उद्दारको नाममा ठगिगरिरहेका थिए । टुक्रिएर कार्य गरेका संगठनहरुलाई एक्यवद्धता गर्दै सामाजिक, राजनीतिक रुपम्मा अगाडि बढाउँने उद्देश्य सहित नेपालदेखि सर्वहारा वर्गको हितमा कार्य गर्ने अग्रज व्यक्तित्यहरु भारतमा आएर संगठन निर्माणकार्यमा १९७७ देखिनै लाग्नु भएको थियो ।

वहाँहरुको अथक मिहिनेत त्याग, लामो संघर्षको फलस्वरूप ७ नोभेम्बर १९७९मा बनारसमा ७ जाना साथिहरुको बिचमा संगठन (श्रमजीवीहरुको स्कुल) को जग बसाल्नु भएको थियो । बिचबिचमा यो स्कुललाई भत्काउने प्रयासमा आफ्नो न्वारान सम्मको बल लगाउने मित्रहरु पनि आउनु भयो । विभिन्न कोणबाट कोशिस गरेपनि सफलता हासिल हुन सकेन । यसको मुख्य कारण भनेको जुन उद्देश्य बोकेर भोकै, प्यासै, रेल स्टेशनमा रात बिताएर, आफ्नो खुन लामखुट्टेलाई चुसाएर, ४८ डिग्रीको तापक्रममा जलेर भारतका कुना–कुनामा पुगेर श्रमजीवीहरुलाई दिएको प्रशिक्षण, कलासबाट तयार हुनुभएका कार्यकर्ताहरूको फलस्वरूप आउने आँधिवेहरीलाई सफलतापुर्वक भत्काउन खोज्ने व्यक्तिगत स्वार्थिहरुलाई कडा जवाफ दिदै यहाँसम्म ल्याएका छन् ।

गाउँदेखि झोला बोकि प्रवासमा आउने श्रमजीवी नेपालीहरुलाई यहाँ ( भारत)मा श्रम गर्ने क्रममा आउने समस्याहरुको निवारणको साथ सामाजिक, राजनीतिक रुपमा मूल प्रवाह स्कुलमा भर्ना हुनुभएका युवाहरुको तिव्र रुपमा विकास गराउन सहयोग गर्दै आएको छ । शिक्षाको कमि गाउँमा सामाजिक, राजनीतिक रुपमा पुर्णत ः विकास नहुनुको कारण यस क्षेत्रमा अगाडि बढ्न अत्यन्तै गार्हो हुन्छ । हामीलाई दुःख सुखमा समाज चाहिन्छ भन्ने ज्ञान भए पनि हामीहरुद्धारा नै समाज परिवर्तन गर्न भुमिका खेल्नुपर्छ भन्ने सोंच अत्यन्तै कम श्रमजीवीहरुमा पाइन्छ । त्यहि फाइदा उठाएर केही स्वार्थी मानिसहरु बिचबिचमा संगठको बिधान विपरित कार्य गर्ने नीति, सिद्धान्तलाई नमान्ने र आफुलाई समाजको अति योग्यवान सम्झने मनमानी ढंगले कार्यगर्ने र केही आफ्नो पक्षमा गराइ अराजकता फैलाउने गर्दछन् ।

आज मूल प्रवाहको स्कुलमा लाखौंको संख्यामा विद्यार्थीहरु सामाजिक, राजनीतिक रुपमा चेतनाको बिकास गर्दै श्रमजीवी जनताको रगत, पसिनाको मुल्यको न्याय गर्दै हुनुहुन्छ भने भोका, नाङ्गा, वेसाहारा अलपत्र हालतमा आफ्नो जीवन बिताउन बाध्य भएका मानिसलाई सहयोग पुर्याउँदै आएका छन् ।

मूल प्रवाह सुकलबाट प्रशिक्षित बिद्यार्थीहरु आफुलाई राजनीतिक रुपमा सक्षम भएपछि कहिलेकाही हिडिरहेको यत्रालाई बिच बाटोमा अधकल्च गराई आफ्नो मनमानी ढङ्गबाट बाहिरी शक्तिहरुको झासामा आएर नकारात्मक गतिविधिमा सञ्चालित पनि भएका छन् । त्यस्ता गतिविधिमा संलग्न विद्यार्थी ( कार्यकर्ता) लाई संगठनले कहिल्यै साथ दिएन र यो स्कुलको बिधान विपरित कार्यगर्ने सामाजिक तथा राजनीतिक रुपमा बिचलन भएका कार्यकर्ताहरु आफ्नो कमिकमजोरीलाई लुकाएर उल्टै जो चोर उसैको ठूलो सोर भने जस्तो गरि सामाजिक सञ्जाल वा कतिपय समाचारको माध्यमबाट आँशु बगाईरहेका छन् ।

अहिले जुम प्रविधिलाई उपयोग गरि भव्य रुपमा लोकतान्त्रिक ढङ्गबाट सातौं सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले मूल प्रवाह स्कुललाई भत्काउने प्रयास गरिरहेका तत्वहरुलाई पाखा लगाएर घर जोगाउन सफल भएको छ र भत्काउने प्रयासमा लागेकाहरुलाई दह्रो झापड लागेको छ ।

वहाँहरुलाई विगतका कतिपय यस्ता क्रियाकलाप गर्ने साथिहरुको सामाजिक, राजनीतिक यात्रा कसरी चलेको छ र अहिले कुन ठाउँमा पुग्नु भएको छ, राम्रोसँग थाहा हुँदाहुदै पनि यस्ता गल्तिहरु गरेर आफू बच्ने प्रयासमा अनाप सनाप लेखहरु लेख्दै हिड्नु भएको छ । यो अति अशोभनीय कार्यको साथ अराजक रुपको चित्रण गर्नुभएको छ ।

मानिस एकरात बसेको ठाउँ वा त्यस घरका परिवारले गरेको सहयोग बिर्सन सक्दैनन् । तर हाम्रा मित्रहरु वर्षौं प्रशिक्षण दिने अभिभावक, मूल प्रवाहको विधान सयौं कार्यकर्ताको रगत, पसिना र मिहिनेतलाई जसरी अपमानित गर्नुभएको छ । यसको सबै मिलेर घोर भत्र्सना गर्नुको साथै तिनिहरुले गरेका नकारात्मक कार्यको प्रत्येक श्रमजीवीको बिचमा उजागर तथा भण्डाफोर गर्नु हाम्रो जिम्मेवारी पनि हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार