मूल प्रवाह हिसारमा नगर स्तरीय प्रशिक्षण सम्पन्न

खिमराज चालिसे

हिसार, १५ अगस्त । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले एकदिने प्रशिक्षिण कार्यक्रम सम्पन्न पारेको छ ।

सैद्धान्तिक, बैचारिक तथा सांगठनिक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरि संगठन निर्माण अभियानलाई सफल पार्ने योजनाको साथ गरिएको प्रशिक्षणमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले मूल प्रवाहको इतिहास एंव आर्थिक विषयमा प्रशिक्षिण दिनुभएको थियो । त्यस्तै अतिथी केन्द्रीय सचिव त्रिभुवन भट्टराईले देशको तात्कालिन राजनीति तथा संगठनात्मक विषयमा प्रशिक्षिण दिनुभएको हो ।

क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष नन्द बहादुर लमतरी, क्षेत्रीय महिला विभागकी निरु सारु, अखिल नेपाल किसान महासंघका रुक बहादुर पराजुली अतिथीहरु रहेको सो प्रशिक्षण कार्यक्रममा शुभकामना दिने वक्ताहरुमा जनजाति विभागका केहर सिंह घर्ती मगर, समता विभागका श्याम बहादुर बिक, महिला नगर विभागबाट सेती राना, बिद्यार्थी बिभागबाट रक्षा सोमरे लगाएत हुनुहुन्थ्यो ।

तारा सोमारेको सञ्चालन र आत्माराम न्यौंपानेको अध्यक्षतामा अगाडि सो कार्यक्रममा स्वागत मन्तव्य बाबुराम शर्माले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार