मूल प्रवाह हिसार महिला विभागले सम्पन्न पार्यो तिजी कार्यक्रम

  •   
  •  
  •  
  •  
  •  
  •  

1208 जनाले पढ्नु भयो ।

हिसार, ३१ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित हिसार महिला नगर विभागको आयोजनामा नेपाली महिलाहरुको पर्व “तिज“ प्रगतिशील गित नृत्य सहित सम्पन्न भएको छ ।

कार्यक्रमलाई शुभकामना दिंदै मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमारेले प्रगतिशील तिजी गितको महत्व, महिला आन्दोलन तथा विभिन्न पर्वहरुलाइ प्रगतिशील रुपमा रुपान्तरण कसरी गर्ने लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्माराम न्यौंपाने, महिला क्षेत्रीय विभागकी सेती राना र नगर अध्यक्ष नन्द बहादुर लम्तरीले पनि अतीथी आशन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रम निरु सारुको अध्यक्षतामा र सिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई डोलमाया विकले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *