मृगौला पिडीतद्वारा आर्थिक सहयोगको लागि अपिल

  •   
  •  
  •  
  •  
  •  
  •  

2925 जनाले पढ्नु भयो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि प्यूठान ऐरावती गाउँपालिका वडा न. ५ सरंगवेशी निवासी ४२ वर्षिया कस्मिरा घर्ति मगरले सहयोगका लागि अपिल गर्नुभएको छ ।

कस्मिरा घर्ति मगरको दुवै मृगौला फेल भई हाल डाइलोसिस गर्दै आउनु भएकोले आर्थीक सहयोग गरेर जीवन रक्षा गरिदिन सबैसँग अपिल गर्नुभएको हो । नियमित डाइलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले भनेपनि परिवारको आर्थीक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न सन्नु भएको छैन ।

भारतमा काम गरेर पारिवरिक गुजारा चलाउँदै आउनुभएका वहाँका श्रीमान हरि जिएमको गत ३ वर्षदेखि आफू काम गर्ने कम्पनी बन्द भएपछि आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले पिडित कस्मिरा घर्ति मगरको जीवन रक्षार्थ देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुसंँग आर्थीक सहयोगका लागि अपिल गर्नु भएको छ ।

हप्तामा तिन पटक डाइलोसिस गर्नुपर्ने चिकित्सकको सुझाव भएपनि आर्थिक अभाव कै कारण गर्न नसकेको वहाँले बताउनु भएको छ । दुई छोरा र एक छोरीको आमा समेत रहेका कस्मिराको मृगौला प्रत्यारोपणका लािग करिव अत्याधिक आर्थिक लाग्ने चिकित्सकले बताए पनि रकम अभावका कारण प्रकृया अगाडि बढाउन नसकेको पिडित कस्मिराका श्रीमान हरि जिएमले बताउनु भयो । कस्मिराको जीवन रक्षाको लागि सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाहरुले एभरेष्ट बैंक लिमिटेड A/C 05600501203157 मा सहयोग गर्न सक्नु हुनेछ । साथै आवश्यक जानकारीका हरि जिएमको मोबाइल नम्बर ९८०६२५७९५८ सम्पर्क गर्नु हुन विनम्र अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *