मेरो स्मृतिमा का. हेम प्रसाद पुन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

248 जनाले पढ्नु भयो ।

  • सरोजमान सिंह

आदरणीय स्व. का. हेम प्रसाद पुन असाध्यै सरल, मेहनति स्वाभावका ब्यक्ति हुनुहुन्थ्यो । बाबा ईन्द बहादुर पुन र आमा भद्रकलीको जेठो सुपुत्रका रुपमा का. हेम प्रसादको पुनको जन्म वि.स २०२९ साल वैशाख १४ गते शनिबारको दिन गल्कोट न .पा ११ सानो रिघामा किसान परिवारमा भएको हो ।

उहाँको परिवारमा ६ दिदिबहिनी र २ भाई हुनुहुन्छ । उहाँ लामो समय राजनीतिक रुपमा ने.क.पा. (मसाल) मा आवद्ध भई मसालको सहायक संगठन अखिल नेपाल युवक संघको महामन्त्रीको रुपमा पनि जिम्मेवारी पाप्त गर्नुभएको थियो ।
पछिल्लो समयमा उहाँले जनजाति सम्मेलनको महासचिवको रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । उहाँ पार्टीमा अत्यन्त जुझारु सक्रिय हुनुहुन्थ्यो ।

मैले चिनेको हेम प्रसाद पुन

म कक्षा ३ मा पढ्दै थिए । त्यस समय उहाँ पनि आफनै गाउँको विद्यालय सानो रिघा नि.मा.विमा केहि समयका लागि हामीलाई पढाउन आउनु भएको थियो । उहाँको त्यो नै शिक्षकको रुपमा उपस्थित मेरो लागि औपचारिक चिन्ने अवसर पाप्त भएको थियो । उहाँको अत्यन्त सरल र गहन तरिकाको प्रस्तुतिले नै पहिलो दिन मै आकर्षित भएको थिएँ । अन्य सरहरुको स्वभाव भन्दा उहाँको स्वभाव मलाई फरक लाग्ने गर्दथ्यो ।

उहाँमा रिसाउने स्वभाव मलाई केहि समय पढाउँदा पनि मैले देखिन् । केहि समय पढाए पछि उहाँ विद्यालय आउनु भएन । अनि मलाई उहाँको बारेमा जान्ने ईच्छा जाग्यो किनभने उहाँको पढाउने तरिका उहाँको ब्यावहारले मलाई मनमा नया तरङ्ग पैदा गर्यो ।

जब म आमालाई सोध्ने गर्थे हेम प्रसाद सरले के गर्नु हुन्छ ? उहाँ भन्नु हुन्थ्यो– “पार्टीको नेता, त्यहि भएर उहाँ पार्टीको कामले नै बाहिर बस्नुहुन्छ ।” प्राय उहाँ गाउँमा आउँदा हाम्रो घरतिर पनि आउनुहुन्थ्यो । उहाँले हजुर बुबा, बाबा, आमासँग पनि सरल, सहज तरिकाले सामान्य कुरा गर्नुहुन्थ्यो । गाई गोठालो जाने त्रममा अक्सर म उहासित नै जाने गर्थें । उहाँको हातमा सधैं पुस्तक हुन्थ्यो, उहाँ असाध्यै अध्यनशिल ब्यक्ति हुनुहुन्थ्यो ।

म ति वाक्ला पुस्तक पढेको उहाँलाई देख्दथें । उहाँले पनि मलाई पढाउने गर्नुहुन्थ्यो । साथै राम्रोसँग पढ्नुपर्छ भन्ने कुरा मलाई भन्नुहुन्थ्यो । उहाँ प्राय गाउँमा आउँदा सबैसँग सामाजिक, राजनीतिक छलफलमा कुराकानी गरेको पाउँथे ।

लामो समयदेखि देशमा ने.क.पा. (माओवादी)ले कथित जनयुद्ध सञ्चालन गरेको थियौं । गाउँ घरमा माओवादी पक्षबाट नेकपा (मसाल) का नेता कार्यकर्ता सिध्याउने रणनीति राखेको थियो । गाउँलेहरुलाई जवरजस्ति चन्दा आतंक मच्चाएको थियो । त्यसका विरुद्ध निर्मम प्रकारले त्यो ज्याजतिका विरुद्ध उहाँले प्रतिकार गर्नुभएको थियो ।

उहाँ बम गोलासँग हिंडेका ब्यक्तिहरुसँग पनि उहाँ यो अत्यन्त गलत तरिका भएको र यो आन्दोलनले जनतालाई दुःख दिनुका साथै जनताको जीबनस्तरमा कुनै परिवर्तन नआउने बताउनु हुन्थ्यो । साथै गरिबका छोराछोरीहरुका रगत त्यसै खेर जाने कुरा बताउनु भएको थियौ । यो तरिकाले केहि मानिसहरु राज्यसत्तामा जाने तर सर्बहारा बर्गको राज्यसत्ता स्थापना नहुने कुरा उहाँले माओबादी का नेता, कार्यकर्तालाई भन्नुहुन्थ्यो ।

उहाँको हरेक विचारमा पार्टीको दृष्टिकोण, राजनीतिक लाईन नै लागु गर्नुहुन्थ्यो । उहाँलाई गाउँ घरका जनताले अन्यन्त साहसिलो बन्दुक, डर, तरासबाट नडराउने निडर स्वाभावका रुपमा उहाँलाई चिन्ने गर्नुहुन्थ्यो । उहाँकै यो स्वाभावले गर्दा अन्य पार्टीमा विचार राख्ने मानिसहरु समेत त्यो जनयुद्धताका आफुहरु माओवादीका ज्यादजतिबाट सुरक्षित भएको महशुस गरेका थिए ।

म पनि त्यो समय गाउँ कै विद्यालयमा अध्ययनरत थिएँ, हामी भन्दा ठुला दाई दिदिहरुलाई लग्न माओवादीहरु आए पनि हेम प्रसाद पुनको कारणले नै लग्न सकेनन् । उहाँ अन्यत साहशिलो, कसैको डरधम्कीबाट नडराउने, हरेक प्रकारका अवसरबादसँग निर्मम प्रकारले लडेर अघि बढ्ने ब्यक्ति हुनुहुन्थ्यो । समाजमा हरेक ब्यक्तिसँग घुलमिल हुनसक्ने समाजमा भएका, समस्याहरुलाई सरल ढंगले समाधान गर्न सक्ने क्षमता उहाँमा थियो । उनै हेम पुनका स्वाभावहरु आज पनि म सम्झिरहेको छु ।

उहाँको शैक्षिक तथा राजनीति जीवन यात्रा बुझ्दा उहाँको प्राथामिक स्तरको अध्ययन गाउँ मै भएको थियौं । कक्षा ४ देखि ७ सम्मको अध्ययन र. ल. नि.मा.वि गर्नु भएको थियौं भने २०४३ सालमा उहाँ मा.वि अध्ययनको लागि महेन्द्र मा.वि. वामिटक्सार गुल्मीमा भर्ना हुनुभएको थियो । त्यो समयमा उहाँलाई अखिल (छैठौं)ले लिएको विचार सहि लागेर उहाँ अखिल (छैठौं)को सदस्यता लिई विद्यार्थी राजनीतिको यात्रा आरम्भ गर्नु भयो । गाउँमा आएर पनि आप्mना गाउँले साथीहरूलाई संगठित गर्ने काम गर्नु भयो ।

२०४५ सालमा उहाँले एस.एल.सि पास गर्नुभयो, त्यो समयमा देशमा पञ्चायती ब्यबस्थाले जनतालाई दुःख दिईरहेको थियो । उहाँ त्यो ब्यबस्था विरुद्ध लाग्नु भएको थियौं । देशमा २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना र पञ्चायती व्यवस्था अन्त्यका लागि देशमा ठुलो आन्दोलन चलेको थियौं । उहाँ पनि त्यो आन्दोलनमा सहभागी भई बहुदलीय व्यवस्था स्थापना गर्न महत्वपूर्ण भुमिका खेल्नु भएको थियौं । त्यो समय पछि उहाँलाई घरबाट जागिर खानुपर्छ भन्ने तीब्र दबाव भएपछी उहाँले केही समय आप्mनो ईच्छा नहुँदानहुँदै सालफेद प्रा.वि.मा ६ महिना पढाउनु भयो । त्यसपछि उहाँले जागिर छोडेर ने.क.पा (मसाल)ले सञ्चालन गरेको पार्टी शिविरमा भाग लिन जानुभयो । उहाँले त्यहाँ तीन महिनासम्म प्रशिक्षण भाग लिएपछि उहाँमा थप बौद्धिक, शारीरिक, मानसिक, राजनीतिक रुपमा आफुमा विकास भएको पाउनुभयो ।

पार्टी शिविरबाट फर्केपछि उहाँलाई संगठनमा नै काम गर्ने भावना जागृत भयो र उहाँलाई थप अध्ययन पनि गर्नुपर्छ भन्ने भावना उत्पन्न भयो । उहाँमा घरको आर्थिक अवस्था कमजोर भए पनि पढ्नुपर्छ भन्ने भावनाका साथ उच्च शिक्षा अध्ययनका लागि २०४९ सालमा सदरमुकाम बाग्लुङ्गको यात्रा तय गर्नुभयो र उहाँ बाग्लुङ्ग क्याम्पसमा भर्ना हुनुभयो ।

राम्रोसँग अध्ययन गर्ने अभिलाषा भएपनि निश्चित ठाउँमा खान बस्नको लागि ठेगान भएन, आवश्यक खर्च व्यवस्थापन गर्न उहाँलाई अत्यन्त गाह्रो भयो । यी समस्याका बावजुद पनि उहाँले शौक्षिक, राजनीतिक यात्रा निरन्तर रुपमा अगाडि बढाउनु भयो । विद्यार्थी राजनीति अगाडि बढाउँदै उहाँले पार्टी दिएको हरेक जिम्मेवारी पुरा गर्नुभयो । उहाँले त्यस पश्चात अखिल नेपाल युवक संघमा लामो समय उहाँले जिल्लामा रहि आफनो जिम्मेवारी पुरा गर्नुभयो ।

२०५१ सालमा उहाँ धौलागिरी क्षेत्रीय समितिमा रहि धौलागिरीका युवाहरुलाई संगठित गर्दै उहाँ निरन्तर रुपमा संगठनमा क्रियाशिल हुँदै अखिल नेपाल युवक संघको महामन्त्रीको जिम्मेवारी पाप्त गर्नुभयो । हेम पुन पार्टी संगठनमा मेहनती, अनुशासित व्यक्ति हुनुहुन्थ्यो ।

माक्र्सवाद, लेनिनवाद, माओविचार धाराबाट लेस हुनु भएका का. हेम प्रसाद पुन सर्बहारा वर्गको राज्यसत्ता स्थापना गर्ने यात्रामा अविचलित रुपमा लाग्नु भयो । पार्टीमा देखिने उग्रवामपन्थी, दक्षिणपन्थी, अराजकशैली र अवसरवादका विरुद्ध निर्मम प्रकारले सम्झौताहिन संघर्ष गर्दै यात्राअगाडि बढाउनु भयो । ने.क.पा. (मसाल) ले आत्मसात गरेको विचारहरुलाई अगाडि बढाउनु भयो । जनतालाई संगठित गर्दै नौलोजनवादी क्रान्तिको आधार स्तम्भ निर्माण गर्नमा निरन्तर रुपमा लाग्नु भयो ।

स्वास्थ्यामा समस्या र निधन : 

अविचलित राजनीतिक यात्रामा लागिरहेको का. हेम प्रसाद पुनको स्वास्थ्यमा समस्या देखिन थाल्यौं उहाँलाई काठमाडौंको मोडेल अस्पतालमा उपचार गराउन लगियो । तर उपचारको क्रममा अल्सर रोगको कारण उहाँको मृत्युु २०६३ साल असोज ७ गते हुन पुग्यो । उहाँको मृत्युुले सिङ्गो देश, पार्टी संगठन, उहाँको गाउँ समाज, परिवारलाई ठुलो क्षति हुन पुगेको छ ।

हामी विच उहाँको भौतिक शरिर नभएपनि उहाँले छाडेर जानुभएका विचारहरु छन् साथै उहाँको निधन कम्युनिष्ट आन्दोलनको लागि दुखद कुरा हो । का. हेम प्रसाद पुन कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । साथै समग्र परिवर्तनको आन्दोलनको लागि पनि महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । पार्टी संगठनमा असल, ईमानदार, अनुशासित हुनुहुन्थ्यो । उहाँका विचारहरु राम्रो ब्यावहारहरु हामीले पच्छाउन आवश्यक छ ।

आज हामी उहाँको १४ औं स्मृतिमा उहाँलाई सम्झिरहेका छौं । उहाँले पार्टी, क्रान्ति आन्दोलनमा पु¥याएको त्याग र योगदानलाई सम्मान गर्दै उहाँले बोकेको विचारहरुलाई आत्मसात गर्दै उहाँका विचारहरुलाई अगाडि बढाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *