मैले बुझेको मार्क्सवाद

  •   
  •  
  •  
  •  
  •  
  •  

246 जनाले पढ्नु भयो ।

  • सुरेश कुमार पाण्डे

मार्क्सवादलाई शंक्षिप्तमा बुझ्नु पर्दा बिज्ञान भनेर बुझिन्छ । माक्र्सले यो चराचर जगतलाई अध्ययन गरे पछि यो चराचर जगतलाई द्वन्दवादी पद्दतीद्धारा जोखेका छन् । उनले सामाजिक बिज्ञानले समाजलाई चिरफार गरेर एउटा टाउकाले टेकेको बिज्ञानलाई खुट्टाले टेक्न सिकाएका हुन् । बैज्ञानिक त त्यो बेलाका फायरबाख हेगेल लगायतका थुप्रै थिए । स्वयं मार्क्सले हेगेलको बिज्ञानमा टेकेर भौतिकवादलाई सबल रुपमा उभ्याएका थिए । एउटा कम्जोर धरातलमा झुण्डियको भौतिकवादलाई उनले बलियोसँग खुट्टाले टेक्न सिकाए । तर पनि भौतिकवाद र आध्यात्मवादको संघर्ष त सदियौँदेखि चल्दै आएकोछ ।

ब्याख्या र बिष्लेशण गर्दा फरक फरक ढङ्गले गरिएता पनि वास्तविक रुपमा अनिश्वारवादी भौतिकवादलाई मार्क्सलेनै प्राण हालेका छन् । डार्विनको निषेधको निषेध नियमलाई बुझाउँने पद्धति प्रत्येकका फरक–फरक हुन सक्छन् तर भनाई उनको उहि नै हो । मानौ “निशेधको निशेध नियमलाई बुझाउँदा” एउटा मकैको दानालाई ल्याउँ अहिले हामीले मकैको दाना खेत बारीमा छर्छौं, त्यो जब उम्रिन्छ र बिरुवामा प्ररिणित हुन्छ । उसले मकैको दानालाई नष्ट गर्छ, जब मकैको बिरुवाले घुँघा हाल्छ उसले त्यो मकैको बुटालाई निशेध गर्न शुरुगर्छ । तर हामीले त्यो मकैको घुँघाबाट आफुले छरेको एउटा दानाबाट कम्तिमा पनि एउटा घुँघा यानि की सयौँ दानाहरु प्राप्त गरेकाछौँ ।” यो नै निषेधको निषेध नियम हो । नयाँले पुरानोलाई विस्थापित गर्नु ।

पहिले जब कविला युग थियो, त्यो बेलामा पनि मानिसहरुले बैज्ञानिक रुपमा काम गर्दथे । एउटा अनपढ ब्यक्तिले बर्ष दिनसम्म यानिकी तिन सय पैँसठ्ठि दिनसम्मलाई गिन्ती गरेर याद राख्नलाई ढुङ्गाहरुको मद्त लिन्थे । उनीहरुले दिनमा एउटा सानो ढुङ्गालाई एकठाउँ राखे । मानिदेउँ कसैको बच्चा जन्मियो त्यसलाई कतिदिनको भयो भनेर याद राख्न पनि उनीहरुले ढुङ्गाको मद्दत लिन पुगे । अलिपछि उनीहरुले एउटा घरको निरालमा वा कविलाको खामोमा एउटा रिबन बान्दै जानथाले जसलाई हामीले ध्वजा भन्दछौ । कसैको बच्चा जन्मियो भने ध्वजा बानेर राख्ने चलन बस्यो त्यो बेलाको त्यो बैज्ञानिक पद्ती थियो ।

एउटाले ठुलो ढुङ्गालाई उचाल्न सकिन तर त्यसलाई पल्टाउन कुनै भाडाको सहारालियो र त्यो ढुङ्गालाई पल्टाउँन सजियो भयो । त्यो पनि एउटा विज्ञान नै थियो । पाईलै पछि मानिसले वैज्ञानिक पद्धती अपनाउँदै आएका छन् ।

समाजलाई ब्यख्या र बिष्लेशण गर्नको लागि मार्क्सले त्यही वैज्ञानिक पद्दतीको सहारालिएका छन् । उनले समाजभित्रका धनी र गरिबलाई अध्यान गरेपछि पत्तालगाएका थिए शोषक र शोषित । शोषक र शोषितको बारेमा अध्ययन गरेर मार्क्सले अतिरिक्त मुल्यको बिधि पत्तालगाएका थिए । आखिर एकजना मजदुरले आफुले खान र आफ्ना बच्चा पाल्नलाई जति समय काम गर्नु पथ्र्यो, त्यो भन्दा दोब्बर पुँजिपतिले कजाउँथ्यो । त्यो अतिरिक्त श्रमको मुल्य आफै राख्थ्यो । त्यसैले गरिबले सारा जीवन खानको लागि धनीको गुलाम बनेर काम गर्नु पथ्र्यो । यो परमपरा शदियौँदेखि चल्दै आएको थियो । अब मजदुरले आफ्नो हक लिनका लागि संघर्ष एक मात्र विकल्प थियो । तर संघर्ष गर्न मजदुर डराउँथ्यो । किनकी मजदुरले के बुझेको थियो भने जसले उनीहरुलाई शोषण गर्छ, त्यसलाई ईश्वरले सजाए दिन्छन् भन्नेमा उसको विवस्ता थियो । किन भने उसले एकलै धनीलाई जित्न सक्दैनथ्यो र मज्दुरको एकता हुनलाई त्यो धर्म बाधक थियो । जसलाई स्वर्ग नर्क जस्ता कथा सुनाएर उनीहरुको बुद्धि बिवेकलाई भ्रष्ट गरिएको थियो ।

कार्ल मार्क्सले त्यो कथित धर्मलाई भनेका थिए– “धर्म मानिसको नशा–नशामा छ, त्यसलाई मानिसले हटाउन गाह्रो छ। तर त्यो नहड्दासम्म श्रमजीवी बर्गको बिचमा एकता हुनै सक्दैन । एकता भैहाले पनि उनीहरु त्यो दमनको बिरोधमा ओर्लिन सक्दैनन् । किनकी उनीहरुलाई त्यो धर्मले जेलिरहेको छ ।” त्यो एउटा रुढीवादी सामन्तवादी संस्कार नै थियो । तर कतिपय कथित धर्मका ठेकेदारहरुले मार्क्सलाई बद्नाम गर्न– “मार्क्स धर्मको बिरोधी हुन्, मार्क्सवादीहरुले दिदि बैनि मान्दैनन् ।” जस्ता अनर्गल गलत कुतर्क सुनाएर जनतामा बद्नाम गर्न कुनै कसर छाडेनन् ।

अहिले पनि आम जनतामा धर्म सम्वन्धि भ्रम कामय नै छैन । वास्तबिक अर्थमा मार्क्सवादले यथार्थमा सहि धर्म गरेको छ । उसले अन्यायमा परेकालाई मुक्त गरेकोछ, बर्गिय संघर्षको बाटो देखाएको छ । जातिय बिभेदको बिरुद्ध अविरल संघर्ष गरेकोछ, महिला हिंसाको बिरुद्धमा आवाज उठाएकोछ । जसजसले चुपचाप अन्याय सहन्थे, उनीहरुलाई पनि अन्यायको विरुद्धमा आवाज उठाउनु पर्ने शिक्षा दिएको छ ।

मार्क्सवादले पुनर्जन्म, स्वर्ग र नर्क जस्ता कुतर्कहरुको बिरोध गरेको छ । जिउँदो आमा–बाको सेवा गरेपछि उसको लागि यही स्वर्ग हो, मरेपछि स्वर्गमा जान्छन् भन्ने तर्कलाई गलत र भ्रम हो भन्ने सिकाएको छ । वास्तविक अर्थमा स्वर्ग र नर्कका तर्क दिएर जनतालाई लुट्ने लुटेराहरुको योजनालाई मार्क्सवादी दर्शनले गलत ठान्दछ । यसैलाई लिएर मानिसहरुले मार्क्सवादलाई धर्म बिरोधी भनेर बद्नाम गर्दछन् । अहिले त झन् मार्क्सवादको छत र छायाँमा बसेर उनैका जरा काट्नेहरुको ठुलो संख्या छ । वास्तवमा भन्ने हो भने मार्क्सवादले भएको र देखेको कुरालाई विश्वास गर्दछ । नभएका मनगढ्न्ते कुरालाई बिरोध गर्दछ । यो चराचर जगतको अध्ययन गरेर सहि निश्क्रिस निकाल्न निर्देश गर्दछ ।

पशुको वलि दिएर धर्म गर्ने आध्यात्मिकवादीले कस्तो धर्म गर्दछन्, त्यो पापहो की धर्म हो ? कुनै भगवानले वलि किन माग्दछन् ? मदिरा किन माग्दछन् ? यसको उत्तर दिनुपर्छ । विज्ञानले प्रष्टरुपमा भन्छ– यो चराचर जगतको द्वन्द्धात्मक पद्धतिबाट बिकास हुन्छ ।

ग्याललियोले गुरुत्वाकर्षणको सिद्धान्तलाई पत्तालगाए, त्यो बेला उनलाई सजाए मिल्यो, कोपर्निकसले सूर्य अटल छ पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनेका थिए । त्यस्तै कार्ल मार्क्सले बर्ग समाजको परिकल्पना गरे त्यसलाई ब्यबहारिकता का. लेनिनले रुसमा महान र ऐतिहाशिक बोल्शेबिक क्रान्ति सम्पन्न पारेर दुनियाँलाई बर्ग संघर्षको बारेमा छर्लङ्गै पारे । आज संसार भरिमा गरिबको सरकार त कतै पनि छैन । तर मार्क्सको ऐतिहासिक देनबाट सम्भावनाहरु सिक्न सकिन्छ, जसले गरिब वर्गको सत्ता निर्माणका लागि मार्ग प्रसस्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *