मोहनजिसङ बेकारमा विवाद गरिएछ: मोहन बैध्य

……..२०४० सालमा नेपाल कम्युनिस्ट पार्टी मसाल गठन भयो । नेकपा मसालको महासचिव म भएँ । दुई बर्ष नपुग्दै मोहनबिक्रम सिंहले नेकपा मसाल गठन गर्नुभयो। त्यसबेला मोहनबिक्रमजिलाई पातलो र हामीलाई मोटो मसाल भन्ने गरिन्थ्यो। निर्मल लामाको समूहले चौथो महाधिवेशन नाम राखेर पार्टी चलाउनुभयो । हुन त हामी सबै चौथो महाधिवेशन पक्ष नै हौं । तर, हामी अन्यत्रै लागेपछी लामाले पार्टी पुनर्गठन गर्नुभयो।

पार्टी फुट्नुअघि मोहनबिक्रमजिसङ वैचारिक रुपमा घम्साघम्सी पर्यो । अहिले आएर बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसबेला पार्टी विभाजन हुनुपर्ने कारणनै थिएन । अहिले सानोतिनो बिषयमा विवाद गरिएजस्तो लाग्छ । पार्टी फुटका संगठनिक कारणनै धेरै थिए । यसले अनुशासन तोड्यो, उसले अनुशासन तोड्यो भन्ने खालका कारणहरु हुन्थे । पार्टी पदमा को जाने, को नजाने भन्ने झिनामसिना कारण थिए । साना कुरामा अल्झिएछौं, मिलेर एउटै पार्टीमा बसेको भए हुनेरहेछजस्तो लाग्छ ।………

साभार; नया पत्रिका

२०७५-०३-१६

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार