“म डाडैको पिपल”

  •   
  •  
  •  
  •  
  •  
  •  

4301 जनाले पढ्नु भयो ।

जुना चालिसे, चण्डीगढ

म डाडैको पीपल हाबाहुरी र तूफानसँग बाचे कै छु ।
मलाई हावाले उडाउने प्रयास गरिरह्यो तर दह्रो हाँसे कै छु ।।
मेरो जरै निस्कने गरी कहीले डोजर लाउछन् र पनि ।
फेरी ऐकैछिन सोंच्दैछन् होला, सितलमा बस्नु पर्छ भनि ।।

न बलियो जराको माया, न सितल छायाँको मायाँ ।
फेरी उनी किन दियो बालेर घुम्छन् वरिपरि दायावाया ।।
म डाडैको पीपल हुँ, सोंच्छु म बटुवालाई बास दिन ।
सुस्केरा हाल्दै हिडेकाहरुलाई सधै सीतल छायाँ दिन ।।

छायाँको आनन्द लिनेहरू, मलजल राख जरा नकाट ।
जसत सितल छायाँ दिनुपर्ने तिमीलाई समल्छ मबाट ।।
आंधि तुफानले लछार्दा पनि घाम पानीले सताए पनि ।
म हार मान्ने छैन, तिमीले जरा काट्न थाले पनि ।।

एकदिन पक्कै संझना आउने छ, यो पीपलको छाया पनि ।
बस्न पक्कै आउने छौ बलियो डाडाको पिपल भनि ।।
मैले कति सहनु पर्छ सिरटो, सितलहर र तातो घाम
डराएको छैन खटिरहन्छु डाडैको पिपल मेरो नाम ।।

हजारौं चुनौतीहरु आए पनि, डटिरहने मेरो काम हो
वर्षा, झरी, आँधी, तुफानमा पनि खटिरहने काम हो ।।
मलाई राम्ररी थाहा छ, मेरो नाम नै हो डाडैको पिपल ।
तिमी जरा काट्न खटिरहनु म दिइरहने छु सितल।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *