युएई नेपाली एकता समाजको कावा अध्यक्षमा दिनेश थापा

  •   
  •  
  •  
  •  
  •  
  •  

1022 जनाले पढ्नु भयो ।

केपी बिरही, दुबई (युएई) ।

युएई नेपाली एकता समाजको केन्द्रीय अध्यक्षमा दिनेश थापा चयन हुनुभएको छ । एकता समाजको अक्टोबर १०, २०२० का दिन बसेको विशेष भर्चुअल बैठकले सो निर्णय गरेको हो ।

सो विशेष बैठकको अध्यक्षता महासचिव टीका नेपालीले र सञ्चालन सचिव केपी विरहीको गर्नुभएको थियो । बैठकमा युएई नेपाली एकता समाज केन्द्रीय समितिका सल्लाहकार कृष्ण केसीको विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्तव्य राख्दै उहाँले सर्वहारा वर्गको मुक्ति आन्दोलनले प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पारी सर्वहारा वर्गको हातमा राज्यसत्ता नल्याउँदासम्म सङ्गठनमा हजारौँ कार्यकर्ताहरूको खाँचो भएको बताउनुभयो ।

सङ्गठनद्वारा व्यक्तिलाई दिइने जिम्मेवारी बहन गर्ने सम्बन्धमा नवनिर्वाचित अध्यक्ष दिनेश थापा खरो उत्रनुहुने छ भन्दै जिम्मेवारी सफलताको शुभकामना पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *