युवक संघको केन्द्रीय सदस्य नरबहादुर विकको निधन

काठमाडौँ । अखिल नेपाल युवक सङ्घका केन्द्रीय वैकल्पिक सदस्य नरबहादुर विकको निधन भएको छ । कोभिडको उपचारकै क्रममा २०७८ जेठ १६ गते पोखराको फेवासिटी अस्पतालमा उहाँको निधन भएको हो ।

राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले दिनुभएको जानकारीअनुसार विकलाई वैशाख २७ गते ज्वरो आएको थियो । नजिकैको औषधि पसलबाट औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि जेठ २ गते दमौली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उहाँको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

दमौली अस्पतालमा उपचार गर्दा पनि श्वासप्रश्वाससम्बन्धी समस्या यथावतै रहेपछि उहाँलाई जेठ ६ गते पोखरास्थित फेवासिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उहाँलाई जेठ १५ गतेसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । आज बिहान भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उहाँको निधन भएको हो ।

नरबहादुर विक अखिल नेपाल युवक सङ्घको तनहुँ जिल्लाध्यक्ष र राष्ट्रिय जनमोर्चा तनहुँका कोषाध्यक्षसमेत हुनुहुन्थ्यो ।

बागलुङ जैमिनी नगरपालिका छिस्तीबाट बसाइँ सरेर तनहुँको दमौलीमा बस्दै आउनुभएका विकका एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार