युवक संघ बाँके र कञ्चनपुरले प्रधानमन्त्रीलाई ज्ञापन

  •   
  •  
  •  
  •  
  •  
  •  

153 जनाले पढ्नु भयो ।

नेपालगञ्ज । अखिल नेपाल युवक सङ्घ बाँकेले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासचिव कृष्णराज पाण्डेको नेतृत्वमा आज २०७८ असार ११ गते ज्ञापनपत्र बुझाइएको हो ।

युवक सङ्घका जिल्लाध्यक्ष भरत खड्का, जिल्ला सचिव टेकबहादुर मल्ल र राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकालसहितको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएको थियो ।

महेन्द्रनगर ।
अखिल नेपाल युवक सङ्घ कञ्चनपुरले प्रतिगमन, कोरोना महामारी, नागरिकता अध्यादेश, बाढीपहिरो, ढुङ्गा, बालुवा, गिटी उत्खनन्, युवाहरूको विदेश पलायनलगायतका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

युवक सङ्घका जिल्ला सचिव दशरथ सुवेदी नेतृत्वको प्रतिनिधि मण्डल २०७८ असार ११ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत सो ज्ञापन बुझाइएको हो ।

प्रतिनिधि मण्डलमा युवक सङ्घका जिल्लाध्यक्ष हरिप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, अखिल (छैठौं) का प्रदेश सदस्य पुष्कर भट्ट र युवक सङ्घका जिल्ला सहसचिव भुपेन्द्र भण्डारीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *