युवक संघ रुपन्देहीको भेला आयोजक समिति गठन

टेकराज भुसाल (बुटवल)

बुटवल । अखिल नेपाल युवक संघ जिल्ला समिति रुपन्देहीको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । शुक्रबार बुटवलमा सम्पन्न एक भेलाबाट हरि योगीको अध्यक्षतामा १३ सदस्यीय भेला आयोजक समिति गठन गरिएको हो ।

आयोजक समितिको सदस्यहरुमा गामु ध्वज मल्ल, यम बहादुर क्षेत्रि, रमेश भण्डारी, मिलन पोख्रेल, कृण्ण बहादुर जिसी, डिला रेग्मि, हरिलाल नेपाली, गणेश पौडेल, कृण्ण आचार्य, प्रिया अधिकारी, अमर थापा रहनुभएको छ भने १ स्थान रिक्त राखिएको छ।

भेलालाई युवक संघका उपाध्यक्ष चित्र एमसी, कम्युनिस्ट संग्राहलय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम सचिव टान बहादुर केसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसी, अखिल नेपाल उधोग व्यापार संघका जिल्ला सचिव गंगालाल सापकोटा, अखिल (छैठौं) का जिल्ला अध्यक्ष सरोजमान सिंहले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम युवक संघका केन्द्रीय सदस्य हरि योगीको अध्यक्षता, गंगालाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
भेलाले आगामी फागुन भित्र अखिल नेपाल युवक संघ रुपन्देहीको जिल्ला भेला बुटवलमा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार