युवा नेता भीम रानाको तेस्रो स्मृति दिवस मनाइयो

कमल पौडेल,

प्युठान । अखिल नेपाल युवक संघको तत्कालिन केन्द्रीय सदस्य भीम रानाको स्मृतिमा प्युठानको स्वर्गद्वारीमा ‘तेस्रो स्मृति कार्यक्रम’ गरिएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिकाको जलुकेमा आयोजित कार्यक्रममा भीम रानाको क्रान्तिकारी विचार र निडर व्यक्तित्वको चर्चा गरियो ।

राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका अध्यक्ष ईन्द्र बहादुर खड्काको अध्यक्षता सम्पन्न कार्यक्रममा राजमो प्युठान जिल्ला सदस्य तथा भीम रानाका दाजु मिनराज रानाले उहाँको जीवनी प्रस्तुत गर्दै उहाँ अखिल नेपाल बालससंगठनदेखि नै नेकपा (मसाल) को राजनीतिमा आवद्ध भएको जानकारी दिनुभयो । भीम राना २०५५ सालदेखि रक्तिम सांस्कृतिक अभियानमा काम गर्दै प्युठान जिल्ला अध्यक्ष समेत हुनुभएको थियो । उहाँले २०६३मा अखिल (छैठौं) को जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य तथा २०६८ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला अध्यक्ष तथा केन्दीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँले विभिन्न संघसंगठनमा रही काम गर्ने क्रममा जहिले पनि समाजमा अन्याय अत्याचार शोषण दमनका विरुद्धमा साहसिक लिडरका रुपमा उभिएर समाजवाद र साम्यवादी व्यवस्था स्थापनाका लागि लडिरहने एक कुसल योद्धा भएको पुष्टि गर्नुभयो ।

कार्यक्रममा राजमो प्युठान जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काले भीम राना एकजना ईमान्दार र क्रान्तिकारी कुसल योद्दा रहेको चर्चा गर्दै उहाँले लिएको विचार हाम्रो पार्टी नेकपा मसालले कहिलै पनि नविर्षने बताउनुभयो ।

कार्यक्रममा राजमो रोल्पा जिल्ला अध्यक्ष मेघनाथ बिस्ट, राजमो प्युठान जिल्ला सदस्य गिरबहादुर गुरुङ, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार वीर बहादुर पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य सुरेस श्रेष्ठ, अखिल नेपाल युवक संघका प्युठान जिल्ला उपाध्यक्ष कमल पौडेल लगायतले भिम रानाले लिएको विचार पूरा गर्नको लागि आफूहरु सधैँ लागिरहने कुरामा जोड दिनु भएको थियोे । कार्यक्रमको सन्चालन मोहनलाल गोराथोकिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार