रक्तिमको सांगीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

  •   
  •  
  •  
  •  
  •  
  •  

1544 जनाले पढ्नु भयो ।

रेम राना

२०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघ अन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिएँ । त्यहाँ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिएँ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो ।

रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलनको अभियानमा भारत भ्रमण गरेको थियो । अझ त्यो टोलीभन्दा अगाडि पारिजातको नेतृत्वमा वेदना परिवारको नामबाट रायन, मञ्जुल, कोमल धिताल जो सीमा गीति नाटकको गायक थिए । त्यो टोली पनि अखिल भारत नेपाली विद्यार्थी संघको केन्द्रीय सम्मेलनमा पुग्ने दौरानमा एकता समाजको पहलमा दिल्ली फरीदावाद तिर नेपाली मजदुरको बीचमा सशक्त जनवादी सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरेको ताजा अनुभूति अहिले पनि मेरो मानस्पटलमा कायम छ ।

जतिबेला म फरिदावाद औद्योगिक क्षेत्रको मजदूर र नेपाली एकता समाजको कार्यकर्ताको रूपमा एउटा दर्शक बनेर कार्यक्रम हेरेको थिएँ । त्यो कार्यक्रमबाट म अत्यन्तै प्रभावित भएको थिएँ । त्यही सन्दर्भमा २०४१ तिर खुशिराम पाख्रिनको टोली नेपाली एकता समाजको नगर सम्मेलनको अभियानमा पुग्दा म स्थायी भएको क्वायरफोम प्रा. लि. फरिदावादको जागिर छोडेर त्यही टोलीमा सामेल भएर करिब एक महिना भारतको भ्रमण गरेको थिएँ । त्यो टोलीको नेतृत्व तात्कालीन अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष गोविन्दसिंह थापाले गर्नुभएको थियो । त्यसबेला वामपन्थी सांगीतिक यात्राको बाढी नै आएको थियो, जसले पञ्चायतलाई फाल्न ठूलो मद्दत ग¥यो ।

खुशिराम पाख्रिनपछि जीवन शर्माको टोलीमा झोकेन्द्र थापा, नामबहादुर थापा, पुष्पा श्रीस, देउमाया श्रीस, हरिमाया श्रीस, लिला राना लगायत बाग्लुङे टोलीले भारत र नेपालमा अभियान छेडेको थियो । यसरी हजारौं कार्यक्रमका दौरानमा सिर्जना भएको गीतको संगालो पहिलो चोटी २०४८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं) को एघारौं राष्ट्रिय सम्मेलनको दौरानमा (छैठौं) ले लगानी गरेको भाग १ र २ एल्वम काठमाण्डौ छाउनी स्थित रविन श्रेष्ठको स्टुडियोबाट दुई दिनमा दुईवटा अडियो क्यासेट रेकर्डिङ भएको थियो । रक्तिम स्थापनाको ३ दशक पार गर्दा संगठनको निर्णय अनुसार १२ भागसम्म गीति एल्बम प्रकाशित भइ सकेका छन् । रक्तिम जिल्ला, अन्य मोर्चा, व्यक्तिगत लगानीमा दर्जनौं गिती क्यासेटहरू, श्रव्यदृश्यात्मक गीति नाटकहरू हाम्रो साथमा विद्यमान छन् ।

आजसम्म गरिएको गीति सांगीतिक प्रकाशनमा जीवन शर्माजीको बाहुल्यता रहेपनि, रचना संगीत, गायनको क्षेत्रमा रेम राना, दलबहादुर वि.क, नारायण योगी, पुष्पा श्रीस, झोकेन्द्र थापा नामबहादुर थापा र धु्रव ज्ञवाली, नविन सुब्बा, धनकाजी गुरूङ, सचित्र के.सी, नारायण शर्मा, चिरन पुन, सिता शर्मा, मणि थापा, निलिमा पुन, जगदिश श्रीस, भैरव रेग्मी, लक्ष्मी गुरूङ, छविलाल गिरी, डिलाराम आचार्य, लेखराज रेग्मी, एम प्रधान, धर्मराज सुब्बा, दिलमाया पुन, विष्णु पुन जस्ता दर्जनौं कलाकर्मीहरूले सांगीतिक क्षेत्रमा आफ्नो शब्द संगीत र स्वर दिएर रक्तिमको इतिहासलाई उचाई प्रदान गर्दै निरन्तर गति दिएका छन् । त्यति मात्र होइन नाम नजोडिएको, नृत्य नाट्य क्षेत्रका तेजेन्द्र थापा, मिना बुढाथोकी, कमला के.सी., नविना के.सी., जुना परियार, नारायण परियार, दुर्गा ढकाल, रञ्जु भुषाल, रामचन्द्र भुषाल, सुमन रोका, ज्योति फौजा, धनबहादुर थापा, दुरीसा थापा, हेम पुन, सुप्रभा थापा, नन्दु गुरूङ, खेम पुन, कुन्दन राई, नेत्र राना, नरमाया राना, गीता थापा, विष्णु शर्मा, सचित्र के.सी., सुस्मा तरामु, प्रतिभा शर्मा, जस्ता हजारौं नृत्यकारहरूले रक्तिमको गीत र संगीतलाई थप उचाईमा पु¥याएका छन् ।

हामी सबै जनवादी कलाकारहरू बहुसंख्यक जनताको हितको लागि सामुहिकताको पक्षमा विश्वास गर्छौं । अहिलेको युग पुँजीवादी, विस्तारवादी, एकाधिकार पुँजीवाद हुँदै साम्राज्यवादमा विकास भएको छ, जसले बहुसंख्यक श्रमिकहरूको पसिनाको कमाई निश्चित देशका मुठ्ठीभर धनाड्य व्यक्ति विशेषमा केन्द्रिकृत गर्दै गइरहेका छन् । यो तरिका पुँजीवादले आफ्नो चिहान आफै खन्ने र त्यो खाल्डोसम्म पुर्याउने मलामी आफैं तयार गर्ने तरिका हो । यदि वामपन्थी सांस्कृतिक आन्दोलनका नेतृत्वले पनि जानेर वा नजानेर पुँजीवादीहरूले अपनाउने तरिका कसैले अपनाउन खोजेका छौं भने वा अपनाएका छौं भने सर्वहारावर्ग वा परिश्रमी किसानहरूको मुक्तिको नाममा पुँजीवादको सेवकको रूपमा काम गरेका हुनेछौँ ।

यो सरासर जनतामाथि विश्वासघात हो । यसप्रकारको दृष्टिकोणले सर्वहारा सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने सक्ने छैनौँ, कसैले यसप्रकारका तरिका अपनाउने प्रयास गरेमा सचेत कलाकर्मीहरूले मैत्रीपूर्ण वैचारिक संघर्ष गरी सर्वहारा सांस्कृतिक आन्दोलनको विकास गर्न प्रयत्नशील हुनु पर्दछ । मैले थोरै स्मरण गर्न र गराउन चाहन्छु : रक्तिम अभियानले प्रकाशन गरिरहेको त्रैमासिक साहित्यिक वुलेटिन ‘रातो लालटिन’ वर्ष १५ अंक १ श्रावण–असोज २०७१ मा प्रकाशित मणि थापाको “रक्तिमको नयाँ भूमिका एकचर्चा” शीर्षकमा रक्तिमसँग जोडिएको केही महत्वपूर्ण विषयको उठान गर्नुभएको थियो । वहाँले शुरूवातमै लेख्नु भएको थियो : “नेपालको राजनैतिक आन्दोलनमा गीत÷सङगीतको महत्वपूर्ण भूमिका रहिआएको छ । अझ नेपाली कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने जनवादी गीत संगीतको अभिन्न अंग बनेको छ, कहिले कम्युनिष्ट आन्दोलनको सहयोगी, कहिले प्रतिस्पर्धी, कहिले स्वतन्त्र पनि चलेको छ, कैयांै पात्र र प्रवृत्तिहरू कम्युनिष्ट आन्दोलनबाट बाहिर रहेर पनि गतिशील क्रियाशील र अस्तित्वमा रहन सक्छन् भन्ने मापदण्ड पनि स्थापित छ ।

जनवादी सांस्कृतिक आन्दोलन पार्टी आन्दोलनको फोटोकपीको रूपमा बुझ्ने वाम दृष्टिकोण पनि छ, अर्कोतिर वाम आन्दोलनबाट पृथक हुँदा मात्र यसको सृजनात्मक अस्तित्व रहन्छ भन्ने कलावादीहरू पनि छन् । यी दुवै दृष्टिकोण सही होइनन् ।” यी भनाइहरू रक्तिमको संगठनात्मक र वैचारिक पक्षसँग अभिन्न रूपमा जोडिएको छ । वामपन्थी साँस्कृतिक आन्दोलन एकातिर विशुद्ध राजनैतिक विचारदेखि स्वतन्त्र हुन चाहने अर्कोतिर लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मसाथ गर्न हिच्किचाउनु जस्ता दुवै अवधारणहरू गलत हुन् । जनवादी केन्द्रीयता सांस्कृतिक आन्दोलनभित्र पनि लागू हुन्छ र हुनुपर्दछ । यसको द्वन्द्वात्मक सम्बन्धलाई नबुझ्नु वा बुझेर पनि आफ्नो महत्वकांक्षा पूरा गर्न सर्वहारावादी लौह अनुशासनलाई कमजोर बनाउनु हो । यसको अर्थ सर्वहारापक्षीय वर्गीय आन्दोलनलाई कमजोर बनाउनु हो ।

मणिजीले लेख्नु भएको थियो : रक्तिम र जीवन शर्मा एक अर्काको पूरक जस्तो लाग्नसक्छ त्यो आफैमा सकारात्मक हो भने कहिले कहीं नकारात्मक पनि बन्न सक्छ, थप अगाडि लेख्नु हुन्छ : गीतको कुरा गर्दा संगीतको कुरा गर्दा लोकप्रियताको कुरा गर्दा जीवन शर्माको जोडा छैन, तर रक्तिम जीवन शर्माको नामको पछाडि दौडिरहेको छ कि जीवन शर्मा रक्तिमको पछाडि ? यो अन्तरविरोध भने पक्कै छ । यदि यो अन्तविरोधलाई हल गर्न सम्बन्धित निकाय लागेन भने परिस्थिति असहज पनि हुन सक्दछ । मणिजीले आजभन्दा ५ वर्ष अगाडि लेखेको लेखका आधारमा माथिका भनाइहरू सकारात्मक रूपमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । वहाँले चिन्ता गर्नुभए झैं यसको समाधान लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताकै आधारमा खोज्नुपर्दछ त्योभन्दा अर्को विकल्प हामीसँग छैन ।

हामीलाई थाहा छ, २००६ सालमा ने.क.पा. को स्थापनासँगै नेपालमा प्रगतिशील सांस्कृतिक आन्दोलन पनि सँगसँगै जोडिंदै आएको छ । आजसम्म आइपुग्दा सांस्कृतिक आन्दोलनको आरोह र अवरोहमा सांस्कृतिक स्वच्छन्दतावाद दक्षिणपन्थी, उग्रवामपन्थी हुँदै वर्गसमन्वयवादी सांस्कृतिक धार देखापरेको छ । कतिपय बेला रक्तिम अभियानभित्रै पनि कलाकारको लागि कला प्रधान पक्ष हो, विचार पक्ष तपसिलका पक्ष भन्दै नेतृत्वमा सांस्कृतिक विचलन पनि नआएका होइनन् । तर सच्याउन र सच्चिनुमा रक्तिमको गौरवपूर्ण इतिहास रहेको छ । कतिपय मोर्चाहरूको नेतृत्व आफ्नो पार्टी लाइनबाट चिप्लिएका उदाहरण पनि छन् । तर रक्तिममा आजसम्म त्यसप्रकारको समस्या देखा पर्ने गरेका छैनन् । “हामीले भुल्नु हुँदैन कला हुनु मात्र मुख्य कुरा होइन त्यसलाई व्यवस्थित गरिदिने, समिक्षा गरिदिने, सुन्न आइदिने ताली बजाइदिने, सबैको भूमिका हुन्छ, तर कहिलेकाहीं कलाकारहरूमा यो पक्षलाई भुलिदिने गरेको पाइन्छ ः मेरोे प्रतिभा थियो र पो यो सबै भइरहेको छ भन्ने खालको व्यक्तिवाद पनि जन्मन्छन्, यसबाट बच्नुपर्छ ।

कलाकारले आफ्नो प्रतिभाको प्रस्तुतिको लागि बाह्य वातावरण महत्वपूर्ण पक्ष हुन् । बाह्य वातावरण भनेको सौन्दर्यशास्त्रको तीन “स” को सैद्धान्तिक प्रश्नसँग सम्बन्धित छ । जसमा (१) सौन्दर्यात्मक आदर्श (२) साँस्कृतिक स्वरूप (३) सामाजिक अवस्था जसमा साहित्यिक कलाकार र साहित्यिक अनुरागी पाठक वा ताली बजाई कार्यक्रमलाई उत्साहित रूपमा हेरिदिने दर्शक जसको अभावमा जति राम्रो सर्जक वा कलाकार भए पनि महत्वहीन बन्न पुग्दछ । त्यसैले हामी जनपक्षीय कलाकारहरूमा व्यक्तिवाद नदेखियोस् भन्नको लागि सतर्क गर्नु गराउनुपर्दछ । किनभने व्यक्तिवाद पुँजीवादी एजेण्टको प्रतिनिधि पात्रको संस्कार हो । यो समाजवाद विरोधी संस्कृति हो । बाहिर सर्वहारा वर्गीय ढोंगी नाटकभित्र चरम अघोषित व्यक्तिवाद यसप्रकारको दृष्टिकोणलाई परास्त नगरी सर्वहारावादी सांस्कृतिक आन्दोलन अगाडि बढाउन सकिंदैन । सांस्कृतिक आन्दोलनमा देखापर्ने कमजोरी कहिले वाह्यपक्षको प्रधानता हुन्छ भने कहिले आन्तरिक । मणिजीले आजभन्दा ५ वर्ष अगाडि आफ्नो लेखमा लेख्नुभएको थियो । रक्तिमले ठूलो छाती देखाउने बेला आएको छ । जनवादी सांस्कृतिक आन्दोलन कसरी एक ढिक्का बनाउने रक्तिम र जीवन शर्मा मात्र बाँच्ने होइन समग्र आन्दोलन बचाउने जिम्मा रक्तिम र जीवन शर्माले लिने बेला आयो, मणिजीले यो आह्वान गरेको ५ वर्ष पूरा भएर ६ वर्षमा लाग्यो ।

यो अवधिमा मणीजी २/३ वर्षकै अन्तरालमा उहाँको क्रान्तिकारी दृष्टिकोणमा ह्रास आएको संकेत देख्न सकिन्छ । जुन बेला हामीसँग–सँगै थियौं । फोकल्याण्डको टापुबाट जुन गीतको सृजना गर्नु भएको थियो । त्यसको संगीत जीवन शर्माजीले गर्नु भएको थियो । त्यतिबेला सांगीतिक क्षेत्रमा राजनैतिक क्षेत्रमा कति स्प्रीट थियो जुन राजनैतिक धरातलमा उहाँ हुर्कनु भएको थियो, रक्तिमप्रति, मसालप्रति, कति अगाध प्रेम थियो, तर विडम्वना विभिन्न ज्वारभाटाको विरूद्ध संघर्ष गर्दै सर्वहारा वर्गको मुक्तिको लागि माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधाराको मूलआत्म र स्प्रिटलाई जोगाउनु सफल रक्तिम अभियानको वैचारिक, साहित्यीक एवं कलात्मक पक्षलाई उर्जा दिने नेकपा (मसाल)लाई आफ्नो जन्म थलो प्यूठान गएर सार्वजनिक कार्यक्रममा केही महिना अगाडि खुंगा व्यापारी भन्न पुग्नु भएछ, नेपली जनताले महसुस गर्न थालिएको छ उहाँहरू होलसेल व्यापारी बन्न कोशिस गर्नु भएको छ मणीजी अहिले होलसेल व्यापारीको साथमा हुनुहुन्छ ।

पुरानो साथीको नाताले हामी रक्तिमका कलाकारहरू उहाँलाई सुझाव दिन चाहन्छौं कृपया हातमा किसान र मजदुरको हतियार आँसी र हथौडा देखाएर नेपाली जनतालाई संघीयताको भारी बोकाएर कर बृद्धि, भ्रष्टाचार लगायत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण विधेयक पास गराउँदै वास्तविक नेपालीलाई अल्पमतमा पार्न संशोधित नागरिकता विधेक २०७५ पास गराउने प्रयत्न गर्नु कति राष्ट्रघाति र जनघाति कदम छन् त्यो कुरा कलाकार मणिजीले कति महसुस गर्नुभएको छ त्यो उहाँले जान्ने कुरा हो मणीजीले जुन सुझाव २०७१ मा रक्तिमलाई माया गरेर दिनु भएको थियो त्यही सुझाव अब दिन सक्नु होला कि नहोला तै पनि हामी रक्तिमका कलाकार स्पष्ट छौं ।

वर्तमान सत्ता पक्षका मणीजीको सरकारले राष्ट्र र जनहितको विरूद्धमा जेजति कमजोर निर्णय गरेका छन्, त्यसको खबरदारी नेकपाभित्रका मणीजी जस्ता कलाकारले गर्ने कि नगर्ने ? तैपनि हामी रक्तिमका कलाकारको स्पष्ट मत छ वर्तमान सरकार विगतको राजतन्त्र, नेकाको चरित्र जस्तो प्रतिक्रियावादी शक्तिमा पूर्णरूपमा फेरिएको छैन । वर्तमान सरकारले गरेको कमजोरीलाई आफ्नो वैकल्पिक शक्ति निर्माण नगर्दै एकाहोरो रूपमा विरोध गर्दा पर्दा पछाडिका प्रतिक्रियावादी शक्तिलाई अन्जान रूपमै मद्दत पु¥याउनु हो । त्यसैले हामी रक्तिमका कलाकारहरू देशको वस्तुगत र आत्मगत धरातलको आधारमा आफ्नो कला साहित्यको निर्माण गरी जनतामा जागरण ल्याउन निरन्तर प्रयत्न गर्नु पर्दछ । वामपन्थी सांस्कृतिक आन्दोलनमा आफ्नै नैतिक आचरणका सिमाहरू छन् । त्यसमा प्रतिबद्घ हुनु नै सर्वहारा वर्गीय आन्दोलनलाई बल पुग्नु हो । सर्वहारा नैतिक विचार र दृष्टिकोणले सम्पन्न सशक्त सांस्कृतिक मोर्चाले नै जनवादी सांस्कृतिक आन्दोलनलाई एक ढिक्का बनाएर लान सक्दछ ।

देशको वर्तमान सांस्कृतिक अवस्थालाई हेर्ने हो भने एकातिर सामन्ति राज्य व्यवस्थालाई मद्दत पुग्ने खालको सामान्ती संस्कृति जसमा रूढीवादी अन्धविस्वास, जातिपाती, देवीदेवता, धामी, झाँक्री, भूतप्रेत, पिचास, बोक्सी, छाउपडी प्रथा जस्ता कैयौं कुरितीहरू विद्यमान छन् भने अर्कोतिर पश्चिमेली छाडा संस्कृतिको विगविगी, मध्यपान, धुम्रपान, नसालु पदार्थको सेवन, उत्ताधुनिकतावादी अराजक संस्कृतिको तीब्र विकास र असर युवाहरूमा परेको छ । जसले गर्दा भोलिको नेपाल के होला अत्यन्तै चिन्ताजनक स्थितिको चित्र हाम्रो अगाडि छ । हामीले महसुस गरेका छौं वर्तमान कम्युनिस्ट आन्दोलन वर्ग समन्वयवाद संशोधनवादी दक्षिणपन्थी धार र क्रान्तिकारी कम्युनिस्ट धारबीच तिव्र अन्तर्संघर्ष छ ।

यही वैचारिक संघर्षको आलोकमा वामन्पथी कलाकर्मीमा वर्तमानमा देखापरेको सर्वहारा वर्गीय दर्शन, सिद्धान्त र राजनीतिमा देखापरेको वैचारिक स्खलनकै कारण कलाकारहरूमा देखापरेको उत्तरआधुनिकतावादी अराजक संस्कृति आजको गम्भीर समस्या र चुनौति हुन् । यसप्रकारको दृष्टिकोणका विरूद्ध सम्झौताहिन संघर्ष गर्नु हामी सम्पूर्ण वामपन्थी कलाकारहरूको दायित्व पनि हो । भौतिक परिस्थितिले चेतनालाई निर्धारण गर्ने भएकोले उहाँको समर्थन गर्ने पार्टीमा सर्वहारावर्गीय दृष्टिकोणमा आएको विचलनले मणीजीमा असर पर्नु पनि स्वभाविकै हो । त्यही कुरा ५ वर्ष अगाडि रक्तिमप्रति जुन सकारात्मक सुझाव थियो आज त्यो पाउन सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *