रक्तिम परिवारको तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक (भिडियो)

काठमाडौं । रक्तिम सांस्कृतिक अभियान काठमाडौं जिल्ला समितिले तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक गरेको छ । मेस्मा पुनको स्वरमा सजिएको गीतको शब्द सिर्जना, संगीत तथा एरेन्ज हेमराज आश्रमले गर्नुभएको छ ।

रेनु पुनसहित रक्तिमका कलाकारहरुको जोशीले नृत्य रहेको गीतको छायाकंन मधुर बस्नेत तथा सम्पादन मेक बहादुर थापाले गर्नुभएको छ ।

गीतको कोरियोग्राफरमा सुप्रभा थापा र विष्णु शर्मा रहनुभएको छ । गीतको रेकर्डिङ मुर्चुङ स्टुडियोमा गरिएको हो । गीतमा राष्ट्रियतासँगै महिला हरुको अवस्था झल्किएको छ ।

गीतले महिलाहरुलाई बसै शोषण दमन विरुद्ध उठ्न प्रेरित गर्नुका साथै राष्ट्रियता प्रति जागरुक बनाउने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार