रन भुल्ल सरकार र जयजयकारमा उसका कार्यकर्ताहरु

120 जनाले पढ्नु भयो ।

रबि पौडेल

छाउपडि पर्था, बोक्सिको आरोपमा मलमुत्र खुवाउनेदेखि कुटपिटका घटना, एसिड आक्रमणका घटना, दाईजोका घटना, दाईजोका निहुँमा नारीमाथि चरम अन्याय, त्यसैमाथि यातना, पेट्रोल वा मट्टीतेल छर्केर आगो जलाउनेसम्मका घटना, अर्को तिर आत्महत्याका घटना, अपहरण हत्या फिरौतिका घटना यावद ब्यथिति र अन्याय पुर्ण घटनामा सरकारले कडा कानुन ल्याउन सकेन ।

कानुन ल्याए पनि त्यसको कार्यान्वयन हुन सक्दैन । भारतको हैदराबादमा बलात्कारका चार अपराधीलाई ईन्काउन्टर गरियो । हामी कहाँ यस्ता मुद्दाहरुमा पहिले त अहिलेको जमानामा पनि जनप्रतिनिधिहरुले नै पञ्चाय बस्ने, दवाउने जरिवाना लगाउने र अपराधीलाई उन्मुक्ति दिने घृणित कार्य भैरहेको छ । अर्कोतिर राजनीतिक आडमा प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नमान्ने । दर्ता गरेपछि पनि कसरी हुन्छ अपराधीलाई बचाउन हिड्ने र अर्कोतिर अदालतसम्म पुगेका मुद्दाहरु पनि समय मै फैसला नसुनाउने ।

चाङका चाङ मुद्दा मुठो पारेर थन्क्याउने दश बर्ष–बाह्र बर्षसम्म मुद्दा फैसला नगरी दिने, यस्तो अबस्थामा पिडितले न्याय पाउने वा उपचार पाउने नाममा जीवन समाप्त हुनुपर्ने, लाखौं खर्च गरेर उपचार गर्दा घरघडेरी बेच्नु पर्ने । कानुन ब्यबस्था आफैमा फितलो हुँदा आज हजारौं मानिसहरु अन्यायको शिकार हुनुपरेको छ ।

कञ्चनपुरमा जसरी निर्मला पन्तको बलात्कार पछि पासबिक तरिकाले हत्या गरि उखु बारीमा फ्याकियो । आज फेरि बझाङमा १२ बर्षकि अबोध बालिकालाई बलात्कार गरि घाँटी रेटेर विभत्स हत्या गरि एउटा मन्दिरमा फ्याकिएको छ । शरीरमा भएका गरगहना समेत लुटिएको छ । यदि सरकारले कडा कदम चालि दोशिलाई कारबाही गरेको भए वा भारतको तेलङगानामा जसरी बलात्कारीलाई ईन्काउन्टर गर्न सकेको भए यस्ता घटनाहरु फेरि दोहोरिने सम्भाबना कम हुने थियो । यस्ता अपराधका हजारौं घटना छन् तर सरकार मौन छ । भनिरहन्छ समृद्ध नेपाल र सुखि नेपाली समृद्ध नेपालमा यस्ता घटना हुन्छन् र यस्ता घटना भएको देशमा कसरी सुखि नेपाली हुन् सक्छन जनता ?

यस्तो अन्यायपूर्ण अबस्थामा कुनै पनि काम राम्रोसँग गर्न नसक्नु सरकारको नालायकपनको पराकाष्ठा हो भन्ने कुरा नेपाली जनताले बुझ्नु पर्छ । यस्ता नालायक देशका खलनायक नेताहरूलाई जनता चिन्न नसक्नु र पटकपटक सरकारमा जाने बाताबरण तयार गरि दिनु भ्रस्टाचारलाई कार्यकर्ताले छोपि दिनु । तिनै ब्यक्तिहरुको तालि पिट्नु गुनगान गाउनु र माला लगाई बाजागाजा सहित भोज गर्नु नै लम्पट कार्याकर्ताले गर्दा यस्तो भएको हो । हाम्रो देशमा यस्ता लम्पट कार्यकर्ता लाखौंको संख्यामा छन्, जसले आफ्नो पार्टी, आफ्नो नेतामा मात्रै केन्द्रीत छन् । तर राम्रो पार्टी, राम्रो नेता उनीहरु छुट्याउन सक्दैनन् ।

नेपालको सन्दर्भमा चाहे त्यो गण्डकी सम्झौता होस् या कोशी बेच्दा । या बहुदलीय ब्यबस्था पछि महाकाली सन्धि गर्दा होस् या उपल्लो कर्णाली, तल्लो कर्णाली वा अरुण ३ भारतलाई सुम्पदा होस् । या बिप्पा सम्झौता गर्दा होस, लम्पट कार्यकर्ताहरुले यसरी नै लगातार देशको अस्तित्व माथि आघात पुर्याउने काम गर्दा पनि उनीहरुलाई सेतो कोराले बेरेर छेकर समर्थन र सहयोग गरिरहेका हुन्छन् ।

सरकारका केही एकाध राम्रा कामहरू देखेर रमाउने, प्रफुल्ल हुने र तारिफ माथि तारिफ गरिरहने । राज्य सञ्चालनको ठेक्का लिएका सत्ताधारीहरुले एक दुईवटा बिकासका काम गर्नु त्यति ठुलो कुरा होईन । देशलाई नै कायल पटल हुने गरि चीनमा माओले झैं, रुसमा लेनिनले झैं र क्युवामा फिदेल कास्त्रोले झैं देशको आर्थिक अबस्थालाई फरक्क फर्काउने काम गर्ने हो भने मात्र तालि पिटेर सहयोग समर्थन गरेको अर्थ हुन्छ ।

हो यिनै कार्यकर्ताले गर्दा नेताहरुले जे गरे पनि समर्थन मिल्छ भन्ने मनोबल मिल्न जाने र आफ्नो ब्यक्तिगत स्वार्थको लागि देशको अस्मिता माथि खेलवाड गर्ने गर्दछन् । यस्ता नेतालाई बेईमानि नेता र यस्ता कार्यकर्तालाई लम्पट कार्यकर्ता भन्दा फरक पर्दैन । यसकारण देशको कानुन ब्यकस्था निकै फितलो हुने र जनताले कहिले पनि न्याय नपाउँने परिस्थितिको सिर्जना भएको छ । यसको अन्त हुनुपर्छ । सचेत नागरिकले सोंच्नु पर्ने बेला भएको छ ।

देश अहिले कोरोनाको त्रास्दिपुर्ण बाताबरणले आक्रान्त छ । यसमाथि प्रकृति प्रकोपले देशभरि पहिरो जाने, बाडि आउने, घरघोठ बगाउने र ठुलो धनजनको क्षति भएको छ । सरकारले राहत दिन सक्दैन, उपचार खर्च दिंदैन । जोखिम बस्ति स्थानान्तरण गर्ने काम गर्दैन । यस्तो अबस्थामा खालि सामाजिक संघ संगठनले र केही सामाजिक ब्यक्तिहरुले त्यो क्षेत्रमा सहयोग पुर्याईरहेका छन् । देशको सीमानाहरु खुला भएको कारण प्रत्येक दिन नेपाली भुमि लुटिएको छ । त्यहाँ नेपाली जनताले हरेक दिन दुःख पाइरहेएका छन् । सुरक्षा बलको सीमानामा उपस्थिति कम छ वा छैन पनि भए पनि स्याउलाले बारेका नाम मात्रका चौकि छन् । त्यहाँ सुरक्षा बललाई खाना र बस्नको व्यवस्था छैन । हतियार छैन, अनि सीमाना जोगाउने कसरी ?

आफ्नै नागरिकलाई हेर्ने नीति ठिक नभए पछि बिदेश नीतिको के कुरा गर्ने ? बिदेशमा आफ्ना नागरिकहरु अलपत्र पर्दा समेत सरकार जिम्मेवार बनेनन् । राजधानी मै श्रमबिहिन भई हजारौं मजदुर अलपत्र पर्दा सरकारले देखेन । सरकारले एउटा नक्सामा राजनीति गर्छ । सरकारले एउटा रेलमा राजनीति गर्छ । सरकारले एउटा धरोहरामा राजनीति गर्छ । कार्यकर्ता वाह……वाह……गर्दै तालि पिट्छन् ।

हो, रेल आबस्यक छ, धरोहरा आबस्यक छ, देशको नक्शा त झन् आबस्यक छ तर खोई त टुङ्गो लगाउन सकेको ? रेल आए चढौंला, घर–घरमा ग्यास पाईप लाईन आए बालौंला, तर ग्यास बाल्न घरमा अन्न हुनु पर्ने कि नपर्ने ? के पकाउने समस्या छ नागरिकलाई । कसरी उपचार गर्ने भन्ने समस्या छ नागरिकलाई अब ती नागरिक जसले राजधानी कै सडकमा कसले खान देला भनेर रित्तो थाल थापि रुदै बसेका छन् । हो ती नागरिकलाई रेलसँग के सम्बन्ध ? सरकारले देशमा कहाँ के गर्नुपर्ने हो, जिकिर हुनुपर्छ ।

देशभरि अझै तुईन जोखिमपुर्ण यात्रा छ । जीवन जोखिममा राखेर तुईन पार गर्नु पर्छ, भनिन्छ भारतसँग सीमाना जोडिएको महाकाली नदिमा अझै तुईन हटाईएको छैन । मारमा सधैं जनता पर्ने, भोको पेट सधैं जनताको हुने । सरकारमा ठुला–ठुला गफ गर्ने । कोहि भोको रहनु पर्दैन भन्ने कोहि सडकमा सुत्नु पर्दैन भन्ने, फगत गफ गरेर राष्ट्रको सम्पत्ति खाने, राष्ट्रको सम्पति दोहन गर्ने । कुर्सीमा बस्ने खाने । यस प्रकारको राजनीतिले देशको आर्थिक अबस्था र सामाजिक अबस्था झन बिग्रदै गएको छ । ठाउँ–ठाउँबाट जनता जाग्नु पर्छ, युवाहरु जुटनु पर्छ । फूटेर होइन, जुटेर सम्पूर्ण श्रमजिवी वर्गले व्यक्तिगत महत्वाकांक्ष भन्दा माथि राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जजिवीकालाई राख्यौं भने मात्रै सवल राष्ट्रको परिकल्पना पुरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *