रहरमा जहर नखाउ है कामरेड

रेशमी पुन मगर

आँधी, हुरी, बतास चल्छन्
कलिला ति मूनाहरु ढल्छन्
आपदाले महल अनि कैयौं झुपडी विखरन्छ
तर गममा रम नखाउँ है कामरेड

राता–राता झण्डा फहरिन्छन्
क्रान्तिको उद्घोष जस्तै विगुल पनि बच्छन्
भ्रान्तिलाई क्रान्ति जस्तै  दुरुस्तै देखाइन्छ
शब्दजालमा भ्रमको माला उनेर,
उक्साउने, लछार्ने, पछार्ने अनि मसार्ने
तिम्रो नियती पनि भ्रान्तीकारी हैन ?
तर भ्रम छर्न सरम गर है कामरेड

नारीहरुका चुरा फूटछन्, डोरी चुँडिन्छन्
बालाहरु भोकले मर्छन्, योद्धाहरु हाँस्दै मर्न तयार हुन्छन्
पूर्वमा लाली उदाउँदा, रक्त रन्जित झण्डा फहरिन्छन्
बल्लपो उद्घोष हुन्छ, क्रान्तिको
तर रहरमा जहर नखाउ है कामरेड ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार