राजधानीको तनाव संघीयताले देखाएको ट्रेलर हो : तारा जिसी

  •   
  •  
  •  
  •  
  •  
  •  

2385 जनाले पढ्नु भयो ।

बुटवल आश्विन १९ गते ।

प्रदेश ५ को छैटौं अधिवेशनको तीसौं बैठकमा नामाकरण र स्थायी राजधानी सम्बन्धि छलफल प्रारम्भ भएकोछ । प्रमुख प्रतिपक्षी दल नेका र जसपाका अत्याधिक माननीयहरुको बिरोध, तोडफोड र होहल्ला विच आफ्ना विचार राख्दै राजमो सांसद तारा जिसीले प्रदेश ५ सरकारले प्रदेशको नामाकरण लुम्बिनी र भालुवाङको सेरोफेरो देउखुरी उपत्यकालाई स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा प्रस्तावित गरेपछि रुपन्देहीमा देखिएको असन्तोष र तनाव संघीयताको टे«लर भन्दै अझै सम्पूर्ण तस्विर आउन बाँकी रहेको बताउनु भएकोछ ।

“बोट बोय बबुलका तो गुलाव कहाँ से होय” भन्ने हिन्दी उखानको चर्चा गर्दै नेपालको इतिहासमा संविधान निर्माणको प्रक्रिया २००४ सालदेखि रहेको भए पनि नेपाली जनताले कहिल्यै पनि संघीयताको लागि संघर्ष र आवाज समेत उठाएका थिएनन् । यहाँसम्म कि २०६२–६३ को दोस्रो जनआन्दोलनमा समेत यो आवाज उठेको थिएन । अन्तरिम संविधानमा चोर बाटोबाट प्रवेश गराईएको थियो । नेपाली जनताको चाहानाले नभएर विदेशीको चाहनाले प्रवेश गराइएको विष वृक्ष हो । यसले आनो टे«लर देखाउन सुरु गरको छ, स्थायी राजधानीको तनाव त्यसको एउटा उदारण हो ।

मैले यही सदनमा संघीयता खारेज गर्नुपर्छ भन्दा माननीय र मन्त्री ज्यूहरुका शब्दवाण सुन्ने गरकी छु । अब भन्नुस् नेकपाका साथीहरुले भालुवाङ राजधानी जाँदा दाङ तिरकाले हर्ष उल्लास र बुटवल सेरोफेरोका नेकपामा रुवावासी किन छ ? रुपन्देहीका नेकाले सरकारी गाडी तोडफोड गर्ने, बाटोमा टायर जलाउने, दाङका नेकाले दीप बालेर खुसी मनाउने के यो संकेत राम्रो हो ? भन्ने प्रश्न गर्दै यो क्षेत्रीय विग्रहको स्थिति हो भनि ठोकुवा गर्नुभयो । एउटै उदेश्य, लक्ष्य बोकेर जिन्दगीभरी भाई–भाई भन्दा पनि नजिक बनेर हिडेकाहरु विचको यो फाटो संघीयताले गरेको आविश्कार हो । हिजो बुटवल अस्थायी राजधानी बन्दा दाङ तिर यस्तै तनाव र अराजकता थियो ।

संघीयता आएपछि सबैको मुक्तिहुन्छ, घर घरमा सिहदरवार आउँछ, समृद्ध नेपाल खुसी नेपाली भनेर भन्ने गरिन्छ,समृद्ध प्रदेश सुखी जनता यी सबै कागजी नारा सावित भएकाछन् । कति छन् यहाँका जनता टुडीखेल र रत्नपार्कमा टपरी समाएर भात माग्ने हेक्का छ सरकारलाई ब्यंग गर्नुभयो ।

प्रदेश संरचना बारे हाम्रो कुनै मतभेद छैन, एकात्मक प्रणाली अन्तर्गत पनि प्रशासनिक इकाहरु चाहिन्छन् । प्रान्त, अञ्चल वा प्रदेश जे नाम राखे पनि प्रदेश स्तरमा पनि कुनै न कुनै संरचना चाहिन्छ । हाम्रो बिरोध प्रदेश सित होईन, त्यसको संघीय स्वरुप सित हो । राजमोले देशलाई ७ प्रदेश र नाम समेत प्रस्तावित गरेको थियो । कर्णाली, गण्डकी र बागमती त्यही अनुसार स्वीकृत भै सकेकाछन् । अहिले ५ नं प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी नामाकरण गर्ने प्रस्तावप्रति हाम्रो पार्टीको तर्फबाट स्वागत र समर्थन छ । त्यस बारे मैले यही सदनमा नामाकरण र राजधानीको लागि विशेष समिति बनाउने प्रस्ताव आउँदैका दिन राजमोको धारणा ब्यक्त गरेकी थिए ।

जहाँ तक स्थायी मुकाम तोक्ने प्रश्न हो त्यसको प्रक्रिया नै गलत भएको हाम्रो पार्टीको धारणा समेत प्रस्तुत गरकी थिए, सरकार वा प्रदेश सभाले तोक्दा विवादित र सर्वमान्य हुन नसक्ने भएकै कारण हामीले धारणा अघि सारेका थियौं । सरकारले त्यस तफ ध्यान नदिएकै कारण आज यो तनाव र क्षेत्रीय विग्रहको स्थिति उत्पन्न भएको हो । स्थायी राजधानी निश्चित गर्न अधिकार सम्पन्न विज्ञहरुको आयोग गठन गरी त्यसैको सिफारिसको आधारमा निर्णय गरिनु पर्दछ, त्यसो नगरी सरकारले गलत पद्धती अपनायो जसको क्षती देश र जनताले बेहोर्नु परेकोछ ।

संघीयता र त्यस सित जोडिएको प्रदेशको वर्तमान संरचना खारेज गरी केन्द्र र स्थानीयतह विच समन्वय गर्न क्षेत्रीय वा प्रदेश स्तरको सानो प्रशासनिक संयन्त्र निर्माणले पनि अहिलेको विवाद र तनाव समाप्त गर्न सक्छ । किन कि यो तामझाम र विलाशीताको प्रतिक प्रदेशको ठाउँमा सानो संयन्त्रले समन्वय गर्दा प्रदेश वा क्षेत्रीय केन्द्र कहाँ बनाउने त्यस्मा यस्तो तनावको अवस्था आउँदैन, आन्दोलनकारीहरुले संघीयता खारेजीको आवाज पनि उठाउने गरेकाछन् जो स्वभाविक पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *