राजमो अध्यक्ष केसीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकीकी ममतामयी आमा पबिसरा बुढाथोकीको निधन भएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

२०७७ साउन २५ गते राती ११ः३० बजे राजधानीको नर्भिक अस्पतालमा उपचाररत रहेका बेला निधन भएपछि अस्पतालमा नै पुगेर अध्यक्ष केसीले श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नुभएको हो ।

सो अवसरमा मृतक पबिसरा बुढाथोकीप्रति राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंह र गण्डकी प्रदेशसभामा राजमोका सांसद कृष्ण थापाले पनि श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

त्यसैगरी, सांसद डा. ओम गुरुङ, नेकपा नेता लीला थापा, पत्रकार उजिर मगरलगायतले पनि मृतक पबिसराप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

१९८८ पौष ५ गते जन्मनुभएका पबिसरा ढोरपाटन नगरपालिका–४, खुंगा टोस्वाङमा बस्दै आउनुभएको थियो । डायबिटिज, मृगौलालगायतका रोगका कारण लामो समयदेखि उपचाररत रहनुभएका पबिसराका चार छोरा प्रेमबहादुर बुढाथोकी, खगेन्द्रमान बुढाथोकी, गिरीप्रसाद बुढाथोकी र शक्तमान बुढाथोकी र छोरीहरू प्रमतिसरा पुन, ओमकुमारी पुन, भिमकुमारी घर्ती र नरकुमारी घर्ती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार