तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चाका गलकोट नगरपालिका वडा नं. ५ का सदस्य लिल बहादुर खत्रीको मंगलबार निधन भएको छ ।
तत्कालीन हिल गाविस–९ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट २ कार्यकाल वडा अध्यक्ष तथा काक्राखोर अधारभूत माविका विद्यालय व्यवस्थापन समितिमा २ कार्यकाल अध्यक्ष समेत भईसक्नु भएका ६२ वर्षीय खत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक खत्रीको आज गौदी दरम घाटमा अन्त्येष्टि गरिएको छ । त्यसक्रममा खत्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरिएको थियो ।
राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदिलाल सापकोटाले स्वर्गीय खत्रीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै उहाँले पार्टी काममा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । सापकोटाले उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल र राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका–६ वडा समितिका अध्यक्ष दिल बहादुर खत्रीले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । मृतक खत्रीलाई अन्तिम श्रद्धाञ्जली दिन गलकोटका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसैबीच राष्ट्रिय जनमोर्चा बागलुङले नेता खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष अमर थापाले एक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुर्याएको बताउनुभएको छ ।
मृतक खत्रीकाा श्रीमती, ३ छोरा, ३ छोरी, १ बुहारी, २ नाति र ३ जना नातिनी रहेका छन् । १७ वर्ष भारतीय सेनामा जागिर खाएका खत्री अवकाशपछि पार्टीको काम र सामाजिक कार्यमा अत्यन्तै क्रियाशील हुनुहुन्थ्यो ।