राजस्थानको भिवाडीमा मूल प्रवाहको आयोजनामा भलिवल खेल सम्पन्न

भिवाडी ।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्र अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त खेल कार्यक्रमको सञ्चालन अर्जुन नेपालीले गर्नु भएको थियो भने सो कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष काजीराम श्रेष्ठले गर्नु भएको थियो ।

नगर समितिबाट किशोर राई, खेल समितिबाट डम्बर केसी, महिला बिभागबाट कृष्टी राई, क्षेत्रीय खेल बिभागबाट राम बहादुर थापा, विद्यार्थी बिभागबाट पुरन बगाले र प्रवासी नेपाली संघ धारुहेडाबाट रबि गुरुङ लगायतले अतिथि आसन ग्रहण पछि प्रमुख अतिथि क्षेत्रीय सदस्य राम प्रसाद घिमिरेले सो खेल कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्नु हु“दै उहा“ले नौजवान युवाहरू दिनानुदिन बिदेसिनु दुर्भाग्यपूर्ण भएको बताउ“नु हु“दै हामी प्रवासमा रहेर पनि सबैलाई सजग र सचेत रहन आव्हान गर्नु हु“दै सबैलाई मूल प्रवाहको झण्डा मुनि गोलबन्द हुन आह्वान गर्नु भएको थियो ।

अत्यन्त अनुशासन र कडा प्रतिस्पर्धा बिच भएको सो खेलमा पटौदि “बि” प्रथम , पटौदि “ए” द्वितीय र बहरोडको टिम तृतीय हुन सफल भएको थियो । त्यसै गरि वेस्ट रेफ्रीमा क्रमशः रबि गुरुङ र डम्बर केसी रहनु भएको थियो भने वेस्ट खेलाडीमा बहरोड टिमबाट बिष्णु थापा मगर पर्न सफल हुनुभएको थियो ।

प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः केन्द्रिय सदस्य बाबुराम बस्नेत, क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे र नगर अध्यक्ष काजीराम श्रेष्ठले पुरस्कार हस्तान्तरण गर्नुत्यसेै गरि वेस्ट रेफ्री र वेस्ट खेलाडीलाई क्षेत्रीय खेल बिभाग सदस्य राम बहादुर थापाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार