राजावादी प्रवृत्ति विस्तारै सतहमा आइरहेका छन्

  •   
  •  
  •  
  •  
  •  
  •  

990 जनाले पढ्नु भयो ।

रामप्रकाश पुरी, प्रवक्ता–नेपाल कम्युनिस्ट पार्टी (मसाल)

० हिन्दु राज्य पुनर्बहाली र राजतन्त्र पुनस्र्थापनाको खतरा बढ्दै गइरहेको विश्लेषण गरिन्छ । यसलाई यहाँले कसरी हेर्नु हुन्छ ?

– नेपालमा गणतन्त्र र धर्म निरपेक्षताको विषय नेपाली जनताको लामो सङ्घर्षसित सम्बन्धित छन् । हाम्रो पार्टीले गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा आफ्नो सम्पूर्ण इतिहास खर्चेको छ । नेपाली जनताको सङ्घर्षको विषयका रूपमा रहेकाले एउटा कालखण्डमा आएर यी विषयहरू स्थापित हुन पुगे । त्यसैले गणतन्त्र र धर्म निरपेक्षता नेपालको राजनीतिमा अग्रगमनकारी र प्रगतिशील कुराहरू हुन् । गणतन्त्र भनेको राजतन्त्र अन्त्यको एउटा महत्त्वपूर्ण युग हो । धर्मको आडमा जीवित रहेको शासकीय प्रवृत्तिको अन्त्यको युग हो, धर्म निरपेक्षता । यी दुबै कुराहरू नयाा राजनीतिक उपलब्धीका रूपमा प्रादुर्भाव भएकाले प्रतिक्रियावादीहरूले यी दुबैमाथि ठुलो वैरभाव राख्दछन् । खासगरी यी दुई कुराबाट राजावादी र कट्टर हिन्दुवादीहरू रनाहामा पर्दै आइरहेका छन् । उनीहरूले गणतन्त्रको अन्त्य गरेपछि स्थापना गर्ने भनेको कथित व्यवस्था राजतन्त्र हो । राजतन्त्र के हो भन्ने कुरा नेपाली जनतालाई राम्रोसाग थाहा छ । उनीहरूले गणतन्त्रलाई बदनाम गराउनका लागि सरकारका गलत कार्यहरूको आधार बनाउाछन् । राजतन्त्र र हिन्दु राज्यको स्थापनाको लागि उनीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई मास्नु पर्ने हुन्छ । त्यसैले उनीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई सिध्याउनका लागि निकै चलखेल गरेका छन् । विभिन्न सङ्गठनभित्र छिपेर बसेका प्रतिगमनकारी तत्त्व, विभिन्न छद्मभेषमा लुकेका राजावादी प्रवृत्ति विस्तारै सतहमा आइरहेका छन् र उनीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध औालो तेस्र्यारहेका छन् । राजतन्त्रवादी शक्तिहरूले त घोषित रूपले नै राजतन्त्र र हिन्दुधर्मको पक्षमा काम गर्दै आइरहेका छन् । यी सबै स्थितिहरूले हिन्दु राज्य पुनर्बहाली र राजतन्त्र पुनस्र्थापनाको खतरा बढ्दै गएको कुरालाई झल्काउाछन् । हामीले उनीहरूका प्रतिगमनकारी षडयन्त्रका विरुद्धमा लगातार जनसमुदाय र अरू जनआन्दोलनका सहयात्री पक्षहरूलाई समेत यस विषयमा सचेत बनाउादै आएका छौा र भविष्यमा पनि त्यस प्रकारको कार्यलाई अझ उच्च रूपमा बढाएर लैजानु पर्ने आवश्यकता हुनेछ ।

० नेकपा (मसाल) ले हिन्दु धर्म पुनर्बहालीलाई अस्वीकार गर्दछ । तर यसले त क्रिस्चियन मिसनरीलाई बल पुर्‍याएन र ?

– हिन्दु धर्म खारेज र पुनर्बहाली भन्ने हाम्रो पार्टीमा कहिल्यै पनि विषय बनेको छैन र बन्ने पनि छैन । किनभने यो राजनीतिक प्रश्न होइन । हिन्दु धर्मप्रति आस्था राख्ने वा अरू कुनै धर्मप्रति आस्था राख्ने जनताको धार्मिक स्वतन्त्रताको कुरा हो । हामीले त्यसको सम्मान गर्नु पर्छ र गर्दै आएका छौ। तर हिन्दु राज्यको कुरा राजनीतिक प्रश्न हो । त्यसैले यस विषयमा हामीले आफ्नो नीति स्पष्ट गर्दै आएका छौा । अब नेपालमा हिन्दु राज्यको विषय वैधानिकताभित्र पर्दैन । कुनै सङ्गठनहरूले त्यो कुरा उठाएको भए पनि नेपालको संविधानले व्यवस्था गरेको कुरा धर्म निरपेक्षता नै हो । संविधानमा व्यवस्था भएको कुरा परिवर्तन गर्नका लागि आफ्ना संवैधानिक व्यवस्था होलान् । त्यो अहिले कसैले मागको विषय बनाएको कारणले पुनर्बहाली हुने कुरा पनि होइन । अर्को कुरा, त्यो माग राजनीतिक रूपले पनि बेठिक छ । कुनै राज्य धर्मसापेक्ष हुन्छ भने त्यसले विभिन्न धार्मिक आस्थाका नागरिकहरूको सम्मान पनि गर्न सक्दैन । त्यसैले राज्यको कुनै आफ्नो धर्म हुनुहुदैन । त्यस प्रकारको अवस्थामा राज्यले अपनाउने धर्म सम्बन्धीको नीति भनेको धर्म निरपेक्षता नै हो । हामीले आम नागरिकको आ–आफ्नो धार्मिक आस्थाको सम्मानका लागि पनि धर्म निरपेक्षताको पक्षमा उभिनै पर्दछ । त्यसैले हिन्दु धर्मका आडमा हिन्दु राज्य बनाउने जुन षडयन्त्र भइरहेका छन्, त्यो प्रतिगमनका लागि भइरहेकाले हामीले त्यसको पूरा विरोध गर्दछौ । यसो गरिरहेको बेलामा क्रिस्चियन मिसनरीलाई बल पुग्यो कि भन्ने पनि तर्क हुन सक्दछ, त्यतातिर पनि हाम्रो ध्यान जानु पर्दछ । हामीले धर्म निरपेक्षतालाई स्वीकार गर्नुको अर्थ क्रिस्चियन मिसनरीलाई बल पुर्‍याउनु हुादैन । हाम्रो पार्टीको आठौ महाधिवेशनले यो कुरा स्पष्ट गरेको छ । क्रिस्चियन धर्मलाई साम्राज्यवादी स्वार्थ पूरा गर्ने हतियारको रूपमा प्रयोग गरिएको छ र त्यसका माध्ययबाट सार्वभौमिक मुलुकको स्वाभिमान, राष्ट्रियता र स्वतन्त्रतामाथि आाच पुर्‍याउने काम भइरहेका छन् । धर्म प्रचारका नाममा मानिसको स्वाभिमान क्रयविक्रय गर्ने काम क्रिस्चियन मिसनरीहरूले अगाडि बढाइरहेका छन् । हामीले यसबारेमा स्पष्ट नीति लिएका छौा र त्यस प्रकारका मिसनरीको विरोध पनि गर्दै आएका छौ ।

० देशको राष्ट्रियतामाथि खतरा बढ्दै गयो भन्नु हुन्छ, त्यस्तो खतरा को–कोबाट कसरी भइरहेको छ, स्पष्ट पारिदिनु होस् न ।

– राष्ट्रियताको आन्दोलनमा हाम्रो पार्टीले गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न सन्धि–सम्झौताहरूले राष्ट्रियताको विषयलाई निकै नै गम्भीर बनाइदिएका छन् । नेपाली शासकहरूमा प्रवृत्तिगत रूपमा रहेको स्वार्थी र सम्झौतापरस्त चरित्रका कारणले राष्ट्रियता जोखिममा पर्दै आएको छ । पछिल्लो समयमा भारतीय साम्राज्यवादले नेपालप्रति अपनाइरहेको कार्यशैली सबैभन्दा खतराको रूपमा रहेको छ । सङ्घीयताका पक्षधर भनिएका तर क्षेत्रीय अखण्डताका विरुद्धमा नै सम्पूर्ण रूपले आफूलाई समर्पित गरेका मधेशवादी दलहरूले भारतीय साम्राज्यवादी स्वार्थको प्रतिनिधित्व देखिने गरी आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएका छन् । नेपालको आन्तरिक मामिलामा सङ्कट पैदा गरेर भारतीय शासक वर्गसाग मिलेमतो गर्ने प्रवृत्ति मधेशवादी सङ्गठनमा देखिंदै आएको छ । नेपालको संविधानमा भारतीय साम्राज्यवादका स्वार्थहरूको अपेक्षित सम्बोधन नभएपछि मधेशवादी सङ्गठनको आन्दोलनको आडमा नेपालमा भारतले गरेको नाकावन्दी र मधेशवादी सङ्गठनको भारतीय शासकसितको सम्बन्धलाई विश्लेषण गर्ने हो भने नेपालको राष्ट्रियतामाथि सबैभन्दा बढी खतरा भारतीय साम्राज्यवाद र मधेशवादी सङ्गठनबाट भएको कुरा स्पष्ट छ । त्यसैगरी जातीय राज्यको दुर्भावमा लपेट्न पश्चिमा साम्राज्यवादी पनि दिलचस्पी राख्दछन् । अर्को कुरा पनि छ, नेपालमा हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापनाका लागि भारतीय साम्राज्यवादभित्रका कट्टर हिन्दुवादीले पनि यहााको राष्ट्रियतालाई जोखिममा पार्ने सम्भावनाको खेल खेल्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । राष्ट्रियताका यी सबै समस्यामाथि विजय पाउनका लागि जनताको सचेतपूर्ण सङ्घर्षले भूमिका खेल्दछ र हामीले सधौ त्यो पक्षमाथि जोड दिंदै आएका छौ र दिन्छौ ।

० अर्को प्रसङ्ग, नेकपा (मसाल) ले सङ्घीयता विरुद्वको आन्दोलनलाई विद्यार्थी सङ्गठनको जिम्मा दिएर पार्टी विस्तारै पछि हटेको हो ?

– नेपालमा सङ्घीयता विरोधी आन्दोलन हाम्रो पार्टीले सुरु गरेको हो । यो आन्दोलनलाई उचाइमा पुर्‍याउने काम पनि हाम्रो पार्टीले नै गरेको हो । नेपालमा सङ्घीयता विरोधी जनमत निर्माण गर्ने काम पनि हाम्रो पार्टीको नेतृत्वमा भएको हो । अहिले पनि सङ्घीयताका विरुद्ध हाम्रो पार्टीले विभिन्न अभियान चलाइरहेको छ । त्यसैले यस आन्दोलनबाट पार्टी पछाडि हट्ने भन्ने कुरा नै हुादैन । फेरि कुनै आन्दोलनबाट पार्टी पछाडि हट्छ भने पार्टीको कुनै जनवर्गीय सङ्गठनले त्यो आन्दोलनलाई अगाडि बढाउन सक्ने कुरा कहिल्यै हुन सक्दैन । यदि भयो भने या त त्यो जनवर्गीय सङ्गठन पार्टीका तर्फबाट विघटन हुन्छ या त्यो जनवर्गीय सङ्गठन नै पार्टीमा रूपान्तरण भएर अचम्म हुन्छ । तर हाम्रो पार्टीको इतिहासमा त्यस्तो घटना कहिल्यै पनि भएको छैन, अहिले पनि हुादैन । जहाासम्म सङ्घीयता विरुद्धको आन्दोलनको जिम्मा विद्यार्थी सङ्गठनलाई छ, त्यो व्यवस्थापनका लागि नै हो । यसपटक हुने त्यो आन्दोलनको मुख्य व्यवस्थापकमा विद्यार्थी सङ्गठन नियुक्त भएको छ । त्यो कुरा पार्टीले नै फैसला गरेको हो । यसरी त्यसको वास्तविक नेतृत्व पार्टीमा निहित हुन्छ । पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले दिंदै आएको सङ्घीयता विरोधी आन्दोलनको नेतृत्वको निरन्तरताको रूपमा नै यो आन्दोलन चल्ने हो । यसमा पुरै पार्टी परिचालित हुन्छ । पार्टी परिचालित भएन भने त्यो आन्दोलन हुन सक्दैन । नेपाली जनताका प्रिय नेता का. चित्रबहादुर केसीले नै त्यो आन्दोलनको अग्रमोर्चाबाट नेपाली जनतालाई सम्बोधन गर्नु हुन्छ । यी सबै पक्षले स्पष्ट गर्दछन् कि सङ्घीयता विरोधी आन्दोलनको आयोजक को हुने छ र वास्तविक नेतृत्व कसले दिंदैछ ? विद्यार्थी सङ्गठनसित व्यवस्थापनका योजनाहरू रहेका छन्, तिनलाई कार्यान्वयन विद्यार्थी सङ्गठनले त गर्छ नै, पुरै पार्टीले त्यसमा ध्यान दिने छ । हाम्रो पार्टीका वैधानिक सङ्घर्षका योजनालाई वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनले नै सम्पन्न गर्ने गर्दछन् । त्यसलाई पार्टीले समृद्ध बनाउनका लागि हरतरहले प्रयत्न गर्दछ ।

० ‘सङ्घीयता विरुद्व राष्ट्रिय अभियान’ मार्फत स्वतन्त्र वुद्विजीवी तथा सङ्घीयता विरुद्वको जनमतलाई आन्दोलित पार्ने योजना किन सेलायो ?

– ‘सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान’ सेलाएको छैन । तर अपेक्षित कार्य हुन नसकेको कुरा सत्य हो । तर त्यसको केही समय अगाडि बैठक बसेको छ । केही कार्यक्रम अगाडि सार्ने छ ।

० नेकपा (मसाल) ले अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूसँगको भाइचारा सम्बन्धलाई त्यति महत्त्व नदिएको हो कि ?

– नेकपा (मसाल) पहिले रिमको सदस्य थियो । त्यहाा हाम्रा मतभेद रहे र दुई लाइनको सङ्घर्ष पनि भयो । इतिहासले सावित गर्‍यो कि अन्तर्राष्ट्रिय स्तरमा भएको विश्व कम्युनिस्ट आन्दोलनको पछिल्लो त्यो दुईलाइनको सङ्घर्षमा हाम्रो पार्टीको विचारको नैतिक विजय भयो । तर त्यहााबाट हाम्रो पार्टीलाई निस्कनु परेको भए पनि आई.सी. जस्तो अर्को एउटा शक्तिशाली अन्तर्राष्ट्रिय मञ्च निर्माण भएको छ । त्यसमा करिब ४५ देशका विभिन्न कम्युनिस्ट तथा वामपन्थी सङ्गठन आबद्ध रहेका छन् । त्यसका साथै अझ खुकुलो मोर्चा बनाएर आइसिओआर समेत निर्माण भएको छ । त्यसमा पनि हाम्रो पार्टीको सक्रिय भूमिका छ । आइसिओआर खासगरी साम्राज्यावाद विरोधी सङ्गठनको अन्तराष्ट्रिय मोर्चाको रूपमा रहेको छ । त्यसले आफ्ना विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धका लागि यी प्रयासमा हाम्रो ऐक्यबद्धता छ । त्यसैगरी हाम्रो पार्टीले विभिन्न देशका कम्युनिस्ट पार्टीसाग पनि भाइचारा सम्बन्ध कायम गरेको छ । यी सम्बन्धलाई आझै विस्तार र सुदृढ बनाएर लैजाने पार्टीको प्रयत्न रहने छ ।

० वर्तमान सरकार चौतर्फी असफल र आलोचित हँुदै गइरहेको छ, तैपनि मसालले सरकारलाई समर्थन कायमै राखेको छ नि, किन ?

– यो सरकार असफल वा आलोचित हुनु हाम्रा लागि कुनै आपत्ति होइन । हाम्रो आपत्तिको विषय हो, वर्तमान सरकारको भन्दा झन् खराब परिस्थिति भित्राउने षडयन्त्र र प्रयत्नको । वर्तमान सरकारलाई प्रतिक्रियावादीले कम्युनिस्टको सरकार भनेर कम्युनिस्ट मूल्य र आदर्शका विरुद्धमा जनमत निर्माण गर्ने ठुलो प्रयास गरिरहेका छन् । वास्तवमा यो सरकार कम्युनिस्ट सरकार होइन । यो सरकार निर्माण गर्ने सङ्गठन पनि कम्युनिस्ट सङ्गठन होइनन् । उनीहरूले सामान्य सुधारका कार्यलाई पनि अगाडि बढाउन सकेनन् । यो सरकारले सामाजिक सुरक्षाको विषयमा पनि आफ्नो नालायकीपन प्रदर्शन गऱ्यो । भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा बढेर गयो । सिन्डिकेटको व्यापार हटाउने हल्ला गरेको भए पनि सरकारले त्यसमा घुाडा टेक्यो । समग्रमा सरकारले के गर्‍यो ? के गर्दै छ ? भन्ने प्रश्नहरूका उत्तरहरू छैनन् । सरकारको यो स्थितिको फाइदा उठाएर मुलुकमा क्रान्तिकारी र परिवर्तनकारी शक्तिले स्थान लिन सक्ने अवस्था रहेको भए धेरै राम्रो हुने थियो । तर स्थिति ठिक उल्टो हाम्रा अगाडि आइरहेको छ । मुलुकमा प्रतिक्रियावादी शक्ति बलियो बन्दै गइरहेका छन् । प्रतिगमनका सम्भावना देखा पर्दै गइरहेका छन् । जनआन्दोलन र जनसङ्घर्षहरूले स्थापित गरेका मूल्यलाई अपहरण गरेर प्रतिक्रियावादीले आफ्नो स्थिति बलियो बनाउने प्रयत्न गरिरहेका छन् । यस्तो अवस्थामा राम्रो गर्न नसक्ने सरकारका विरुद्धमा जानु राम्रै कुरा हुन्थ्यो । तर हामीले समर्थन गर्नु पर्ने आवश्यकता छ । हामीले समर्थन गर्नु पर्दा नराम्रो लाग्न सक्दछ । तर यो भन्दा नराम्रो कुरा वर्तमान अवस्थालाई समाप्त पारेर झन् नराम्रो स्थितिको स्थापना हुनु हो । देशमा प्रतिगमन भित्राउनका लागि प्रतिक्रियावादीले गर्ने षडयन्त्र र प्रयासलाई असफल पार्नका लागि हाम्रो पार्टीले गर्ने पहल र प्रयत्नको सन्दर्भमा नै वर्तमान सरकारलाई हाम्रो समर्थन रहन गएको हो । वास्तवमा भन्ने हो भने वर्तमान सरकारका गलत क्रियाकलाप र नालायकीपनाको सबैभन्दा व्यवस्थित सङ्घर्ष हाम्रो पार्टीले नै गरेको छ । तर त्यो नगण्य जस्तो देखिएको छ । किनभने अहिलेको स्थितिबाट सरकार अगाडि बढ्न सकेन, अरू शक्ति प्रतिगमनतर्फ उन्मुख भएका छन् तर अग्रगमनतर्फ जाने शक्ति अत्यन्त न्यून रह्यो । त्यसकारण अग्रगमनको दिशामा हामीले मात्रै पहल गर्नु पर्ने भएकाले नगण्य जस्तो देखिएको छ । यसबाट पनि मुलुकको चित्र स्पष्ट हुन्छ कि प्रतिगमनकारीहरू कति धेरै शक्तिशाली भइरहेका छन् । उनीहरू वर्तमान स्थितिबाट धेरै भन्दा धेरै फाइदा लिएर आफ्नो गुमेको स्वर्ग स्थापना गर्ने ध्याउन्नमा छन् । त्यसबेला जनताका अधिकारहरू कुण्ठित हुने कुरा निश्चित छ । त्यसो हुन नदिनाका लागि हामी सजक हुन आवश्यक छ ।

० विगतमा विभिन्न समूहसँग पार्टी एकताको चर्चा चल्ने गरेको भए पनि पछिल्लो समयमा खासै चर्चा चलेको छैन ? पार्टी एकता वा संयुक्त मोर्चाबारे के धारणा छ ?

– पार्टी एकता र संयुक्त मोर्चाबारे हाम्रो स्पष्ट नीति छ । पार्टी एकताबारे विभिन्न पक्षबारे विभिन्न समयमा छलफल चल्न सक्दछ । पार्टी एकताबारे छलफल चल्नु, पार्टी एकताको प्रक्रियामा जानु, पार्टी एकता हुनु यी सबै अलग अलग कुरा हुन् । केही सङ्गठनसित पार्टी एकताबारे छलफल चलेको भए पनि प्रक्रियामा गएको अवस्था होइन । त्यो कुरा छलफलसम्म सीमित रह्यो । छलफल त सबैसाग हुन्छ । हामीले नचाहे पनि त्यो छलफल हुन सक्दछ । तर पार्टी एकताका मुख्य आधारलाई हामीले पूर्ण रूपमा पालना गर्दछौा । सिद्धान्त, विचार, सङ्गठनात्मक कार्यशैली, कार्यनीति, रणनीति सम्बन्धी समान विचार भयो भने पार्टी एकता हुन सक्दछ । तर यी विषयमा समानता कायम नभएपनि कतिपय मिल्ने विषयमा संयुक्त मोर्चा बनाएर कार्यगत एकता गर्ने र सम्बन्धित विषयमा सङ्घर्ष गर्ने हाम्रो नीति छ । हामीले यो नीति मित्र शक्तिसित त अपनाउाछौा नै, तर त्यसका साथै आवश्यकता अनुसार कार्यनीतिको मामलामा हाम्रो कार्यगत एकता दुश्मन शक्तिसित पनि हुने गर्दछ । विशिष्ट परिस्थिति र अवस्थालाई पार्टीले विश्लेषण गरेर त्यो नीति अपनाउने हो । अहिले पार्टी एकताका सम्भावना कुनै पनि शक्तिसित देखा परेका छैन । भविष्यमा विकसित हुने घटनाको तत्कालीन रूपमा नै विचार गरिने कुरा हो ।

० करिब ५ दशकदेखि अतवरत पार्टी काममा क्रियाशील नेता गोविन्दसिंह थापालाई एक्कासी पार्टी सदस्यताबाटै अनिश्चित कालीन रूपमा निस्काशन गर्नु पर्ने अवस्था किन आयो ?

– गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीबाट निष्काशित गर्नु परेकोमा हामीलाई निकै नै दु:ख लागेको छ । वास्तवमा त्यति लामो समयसम्म पार्टीमा रहेको व्यक्तिलाई पार्टीबाट निष्काशित गर्नु पनि कम चुनौतीपूर्ण कुरा होइन । तर पार्टीले न्यायपूर्ण र विधिपूर्वक आफ्ना कामहरू सम्पादन गर्नै पर्दछ । यदि पार्टीले त्यसो गर्न सकेन भने छिट्टै नै पार्टी एउटा भद्दा समूहमा परिणत हुन्छ । अन्तत: त्यो एउटा स्वार्थी व्यक्तिको भीडमा रूपान्तरण हुादै विघटन हुन पुग्दछ वा कम्युनिस्ट पार्टीको रूपमा रहादैन । त्यसैले पार्टी त्यो दिशामा जानबाट बच्नका लागि पार्टीभित्र न्यायिक निर्णय र विधिपूर्ण कार्यशैलीलाई कार्यान्वयन गर्दै जानु पर्दछ । सकेसम्म पार्टीमा योगदान दिएका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, योद्धाहरू सधौ नै पार्टीभित्र रहिरहुन् भन्ने उद्देश्यका साथ पार्टीले प्रयत्न गरिरहेको हुन्छ । तर त्यसका साथै पार्टीभित्र विकृति नआउन् भन्नेतर्फ पनि पार्टीको गम्भीर ध्यान गएको हुन्छ । गोविन्दसिंह थापाको विषयलाई पार्टीले सार्वजनिक गरिसकेको छ । उहााले पार्टीको सम्पत्तिको रूपमा रहेको ‘हााक’ पत्रिकालाई निजी बनाउनु भयो । त्यसलाई उहाा समेत रहेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार गर्नका लागि अनुरोध गर्दा पनि अस्वीकार गर्नु भयो । त्यसपछि ‘त्यसो गर्नु पार्टी सदस्यको नैतिकता, मूल्य र मान्यताभित्र पर्दछ वा पर्दैन’ भनेर पार्टीले उहाासित स्पष्टीकरण पनि लिएको देखियो । उहााले आफ्नो स्पष्टीकरणमा पनि उक्त पार्टीको सम्पत्तिलाई निजी बनाएरै छोड्ने इरादा देखाउनु भयो । यसरी उहााले कम्युनिस्ट नैतिकतालाई आफैले चुनौती दिनु भयो । उहााले त्यसो गरेर सहिद शोभाखरको भावनामाथि प्रहार गर्नु भयो र शान्ता भुसालले सुरु गर्नु भएको उच्च परम्परालाई तोड्नु भयो । किनभने सहिद शोभाखरले सुरु गरेको त्यो ऐतिहासिक अभिभारालाई हाम्रो पार्टीको विचारले लगातार गौरवान्तित बनाइरह्यो । उहााको मृत्युपछि पनि उहााकी पत्नी शान्ता भुसालले पार्टीको सम्पत्तिको रूपमा पार्टीलाई सुम्पिनु भयो । त्यो महान् परम्पराको थापाजीले खिल्ली उडाउनु भयो । पार्टीले आफूमाथि गरेको विश्वासको नाजायज फाइदा लिनु भयो । यस्तो अवस्थामा उहाा कम्युनिस्ट पार्टीको सदस्य रहिरहन योग्य हुनु भएन । पार्टीका अगाडि उहाालाई निष्काशन गर्नुका विकल्प पनि रहेन । त्यसरी उहाालाई पार्टीबाट अनिश्चित कालका लागि निष्काशित गर्नु पर्‍यो । उहााले त्यस्तो गरिसकेपछि पनि ‘लामो समयसम्म काम गरेको व्यक्तिलाई पार्टीबाट निकालियो’ भनेर कतिपयले रोइलो गरेको पनि देखियो । त्यो पद्धति र प्रक्रिया नबुझेकाले गर्ने कुरा हो । अरूले रोइलो गरेर थापाजी स्वयम्ले ध्वस्त पार्नु भएको उहााको गौरवपूर्ण विगत स्थापित हुादैन । त्यसको सट्टा पार्टीको सम्पत्तिलाई पार्टीमा नै बुझाएर आफ्नो नैतिकतालाई माझ्न सकिन्छ । अहिले पनि उहाालाई यो सल्लाह छ कि उहााले पार्टीको सम्पत्तिलाई पार्टीमा नै फिर्ता गर्नु पर्छ । त्यसबाट मात्र उहााको मर्यादा कायम रहन सक्नेछ ।

० गोविन्दसिंह थापाले आफूले महाधिवेशनमा अल्पमत पक्षलाई समर्थन गरेकाले आफूमाथि कारवाही भएको बताउनु भएको छ । उहाँको वक्तव्यले त महाधिवेशनले फरक मतलाई ब्यवस्थापन गर्न नसकेको वा फरक मत राख्नेले महाधिवेशनको नीति र निर्णयलाई स्वीकार गर्न नसकेको सन्देश दिन खोजेको दखियो नि ?

– यदि गोविन्दसिंह थापाले भनेको कुरा सत्य भएको भए त्यो कुरा सत्य हुने कुरामा कुनै द्विविधा हुने थिएन । तर थापाजीले आफ्ना कमजोरीलाई ढाकछोप गर्नका लागि त्यो कुराको आड लिनु भएकाले त्यो असत्य भएको कुरा स्पष्ट छ । मसालमा आठौा महाधिवेशनको समयमा मात्र होइन, सधौ नै विभिन्न फरक विचार कायम भइरहेका हुन्छन् । विभिन्न विचारको सम्बन्ध र अन्तरविरोधको एकत्व नै हाम्रो पार्टीको एकता हो । यो एकता लेनिनवादी सङ्गठनात्मक प्रणालीमाथि आधारित हुन्छ । यो कम्युनिस्टको संस्थागत प्रणाली र विधि हो । यही प्रणाली र विधिभित्र बसेर कम्युनिस्ट पार्टीका सदस्यले आफ्नो प्रजातन्त्रको उपयोग गर्नु पर्दछ । फरक विचार भएका कारणले कुनै पार्टी सदस्यको प्रजातन्त्र कहिल्यै पनि कुण्ठित हुने गर्दैन । तर त्यो पार्टी सदस्य, जसले कम्युनिस्ट प्रणाली र विधि अनुसार निश्चित गरिएका प्रजातान्त्रिक मान्यताभन्दा फरक ढङ्गले प्रजातन्त्रको प्रयोग गर्न खोज्दछ वा त्यस प्रकारका तरिका रोज्न थाल्दछ, त्यसले कम्युनिस्ट प्रणाली र विधिलाई चुनौती दिन थाल्दछ । त्यस्तो बेलामा पार्टीले आफ्नो विधि र प्रणालीको रक्षा गर्नु आवश्यक हुन्छ । यसो गर्नु किन पनि आवश्यक हुन्छ भने आफ्नो विधि र प्रणालीका कारणले कम्युनिस्ट पार्टी अन्य पार्टीभन्दा फरक उद्देश्य बोकेको पार्टी बनेको हुन्छ । सत्य र न्यायका लागि काम गर्ने भएकाले नै कम्युनिस्ट पार्टीले क्रान्ति र परिवर्तनको नेतृत्व दिन सक्दछ । समानताको स्थापना गर्न सक्दछ । न्यायपूर्ण भविष्यमा आम मानव समुदायको कल्याणकारी युग निर्माण गर्न सक्दछ । यी सबै कार्य गर्नका लागि कम्युनिस्ट पार्टीलाई मात्र किन सम्भव हुन्छ भने विधि र प्रणालीका कारणले त्यो सधौ सुदृढ भएको हुन्छ । बुर्जुवाले अपनाउने संस्कार जस्तो कम्युनिस्टको संस्कार हुादैन । बुर्जुवाले आफूले प्रयोग गर्ने संस्कारलाई प्रजातन्त्र मान्दछन् । तर हामी कम्युनिस्टले त्यो भन्दा कैयौा गुणा व्यवस्थित र सुन्दर प्रजातन्त्र मान्दछौा । बुर्जुवामा लागु हुने प्रजातन्त्र अभिव्यक्तिमा मात्र सीमित हुन्छ । तर कार्यव्यवहारमा अर्थहीन हुन्छ । त्यस प्रकारको प्रजातन्त्रले बाहुबलीको शक्तिलाई सुदृढ बनाइरहेको हुन्छ भने कमजोरको प्रजातन्त्र महत्त्वहीन भएर समाप्त भइरहेको हुन्छ । तर कम्युनिस्टहरूमा लागु हुने प्रजातन्त्रले बलियो र कमजोरको विभेद गर्दैन । एकैनासले कार्यव्यवहारमा लागु हुन्छ । किनभने यसलाई प्रयोग गर्ने सबैको हैसियत एउटै हुन्छ । त्यो हैसियत हो : पार्टी सदस्य । सबै पार्टी सदस्यले सामूहिक नेतृत्वको आधारमा सङ्गठनलाई जीवन्त बनाउाछन् । विधि र प्रणाली अनुसार त्यसलाई सञ्चालन गर्दछन् । त्यहीाभित्र बसेर प्रजातन्त्रको प्रयोग गर्दछन् । हाम्रो पार्टीको परम्परा पनि यसै अनुसार सजीव बन्दै आएको छ । ठिक त्यस्तै प्रकारले गोविन्दसिंह थापाले पनि कम्युनिस्ट प्रजातन्त्रको उपयोग गरेर लामो समयसम्म हाम्रो पार्टीमा रहादै आउनु भएको थियो । ती वर्षमा उहााले कहिल्यै फरक विचार राख्नु भएन भनेर कसरी भन्ने ? उहाालाई पार्टीबाट निकाल्नका लागि यो अवधि गुजार्नु पर्ने जरुरी नै हुादैन्थ्यो । त्यसैले त्यो उहााले बेठिक कुरा गरेर आफ्नो कमजोरीलाई लुकाउने प्रयत्न वाहेक अरू केही पनि होइन । उहााको भन्दा धेरै अगाडि गएर फरक विचार राखेका कैयौा साथीले पार्टीमा जिम्मेवार भूमिका खेलिरहनु भएको छ । तर उहााले विधिको पालन गर्ने र गराउने भएकाले पार्टीमा फरक मतको प्रश्न नै उठ्दैन । खै त उहााहरूलाई पार्टीले कारवाही गरेको छैन त ? त्यसरी फरक मत राखेका कारणले कुनै कामरेड कहिल्यै पनि पार्टीबाट बाहिरिनु पर्ने स्थिति हुादैन । जहाासम्म आठौा महाधिवेशनको नीति र निर्णयको स्वीकार र अस्वीकारको प्रश्न छ, त्यो सबै पार्टी सदस्यले अनिवार्य रूपले मान्नु पर्दछ । तर पार्टीबाट निष्काशित भइसक्नु भएका गोविन्दसिंह थापाले मान्नु पर्दैन । त्यस्तै अरू पार्टीका सदस्यले हाम्रो पार्टीको नीतिलाई मान्नु पर्दैन । तर हाम्रो पार्टीका सदस्यले नीति निर्माण भइसकेपछि एकमतले मान्नु पर्दछ र एकमतले कार्यान्वयन गर्नु पर्दछ । अब अर्को महाधिवेशनसम्म हाम्रो पार्टीमा अल्पमत र बहुमत भन्ने हुादैन । ‘मेरो विचार यो हो र म असहमत छु’ भन्ने महाधिवेशनको म्यान्डेट कतै छैन । यो हाम्रो पार्टीको संस्कार हो । संसारका सबै कम्युनिस्टको संस्कार पनि यही हो । त्यसैले सन्देश कसले के दिन्छ ? पार्टीले त्यही आधारमा सम्बन्धितसाग आफ्नो नीतिको तय गर्दछ र त्यस अनुसार कदम चाल्दछ । त्यसैले पार्टी व्यवस्थित छ, सम्पूर्ण सदस्यको क्षमताले यो जीवन्त छ र एकताबद्ध छ ।

० पार्टीले कारबाही गरेपछि गोविन्दसिंह थापाले नेकपा (मसाल) लाई ‘दक्षिणपन्थी’ र ‘यथास्थितिवादी’ भएको आरोप लगाउनु भएको छ । मसालको आठौं महाधिवेशनले पूर्व क्रान्तिकारी स्पिरिटलाई कसरी कायम राखेको छ ?

– गोविन्दसिंह थापालाई क्रान्तिकारी भएर अगाडि बढ्ने अधिकार हिजो पार्टीभित्र पनि थियो र अब पार्टीबाट निष्काशित भइसकेपछि उहााको क्रान्तिकारीतालाई पार्टीले कतै छेकथुन गरेको रहेछ भने त्यसलाई सफलीभूत पार्नका लागि हामी उहाालाई शुभकामना दिन्छौा । उहााले हाम्रो पार्टीलाई के आरोप लगाउनु भयो, अहिले त्यसको खण्डन गर्नतिर नलागौा । किनभने हाम्रो पार्टी नेतृत्व र पार्टीमाथि यस्ता आरोप त कति हो कति लागेका थिए, लाग्दैछन् र लागिरहनेछन् । त्यो महत्त्वपूर्ण कुरा होइन, महत्त्वपूर्ण कुरा हो, हामी सही छौा कि छैनौ ? हाम्रा निर्णय सही छन् कि छैनन् ? हामीले निर्णयको कार्यान्वयन सही ढङ्गले गर्‍यौा वा गरेनौा ? हामीले अपनाएको नीति सही छ वा छैन ? यस्ता अनेक प्रश्नबाट नै पार्टी क्रान्तिकारी वा दक्षिणपन्थी के हो ? फैसला हुादै जाने कुरा हो । त्यो भविष्यले नै बताउने छ । तर हाम्रो पार्टीको आठौा महाधिवेशनका निर्णयको आधारमा यो कुरा हामी गौरवताका साथ भन्न सक्दछौा कि पार्टीले सबै प्रकारका भड्कावलाई चिर्दछ र आÇना सही नीतिको तय गर्दछ ।

० कतिपय मिडियाले महामन्त्री मोहन विक्रम सिंह ८५ वर्षको उमेरमा पुन: पार्टी नेतृत्वमा निर्वाचित भएको विषयलाई महत्त्वका साथ उठाए । राजनीतिमा युवा नेतृत्वको बहस चलिरहेका बेला नेकपा (मसाल) लाई त्यो बहसले किन नछोएको ?

– ती मिडियाले त्यस प्रकारको कुरा किन उठाए ? हामीलाई पनि अचम्म लाग्दछ । उनीहरूले ८५ वर्षको उमेरमा पनि का. मोहन विक्रम सिंहको सक्रिय जीवनको गरिमालाई स्थापित गर्नका लागि त्यो कुरालाई उठाएका छन् भने त्यो स्वागतयोग्य छ । तर हाम्रो पार्टीको गौरवपूर्ण इतिहासलाई ध्वंस गर्ने मनसायबाट कुरा उठाइएको छ भने त्यो निकै खेदजनक छ । पार्टीमा कार्य जिम्मेवारी मानिसको सक्रिय जीवनमा आधारित हुन्छ । हाम्रो पार्टी जीवनमा का. मोहन विक्रम सिंहको उमेरले केही पनि फरक पर्दैन । सत्ता र स्वार्थको पछाडि दौडिएको युवाभन्दा सत्य र न्यायको पक्षमा जीवन भुक्तान गरिरहेको र सक्रिय व्यक्तित्वको नेतृत्व एउटा कम्युनिस्ट पार्टीलाई आवश्यक हुन्छ । हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो । त्यसैले का. मोहन विक्रम सिंहको नेतृत्व हाम्रो पार्टीलाई आवश्यकता हो । त्यो नेतृत्व सत्य र न्यायका निम्ति हो । उहाा सक्रिय रहादासम्म उहाालाई पार्टीले आवश्यक जिम्मेवारी दिन्छ । उहाा सक्रिय रहन सक्नु भएन भने पार्टीले सोच्दछ । तर अहिलेलाई का. मोहन विक्रम सिंहले हाम्रो पार्टीलाई सक्रिय नेतृत्व दिइरहनु भएको छ । हामी युवाहरू पनि उहााको नेतृत्वलाई समृद्ध बनाउनका लागि प्रयत्नरत छौा । यस सन्दर्भमा हामीले यो पनि भन्दछौा, त्यस्तो कुनै युवा जो कम्युनिस्ट पार्टीको नेतृत्वको लागि योग्य हुन्छ, उसले काम गर्ने शैली राजनीतिमा युवा नेतृत्व भन्ने विषयसित सम्बन्धित हुादैन । युवा नेतृत्व भन्ने चिज योग्यता के हो भन्ने कुरालाई अलग्याएर व्याख्या गर्ने कुरा पनि होइन । त्यस्ता युवा जो राजनीतिमा सक्रिय छन्, उनीहरूले गर्ने भनेको साहसिक कार्य हुन् । काम नगर्ने नेतृत्व मात्र खोज्ने हो भने त्यो ‘तल चुलोमा आगो नबाल्ने तर चुलोमाथि बसालेको खिरको भााडोमा आाखा गाड्ने’ प्रवृत्ति वाहेक केही होइन । यस्ता धेरैजसो हल्ला बुर्जुवा संस्कारबाट आउाछन् र तिनको प्रभाव कम्युनिस्ट जगतमा पनि परेको हुन्छ । तर बुर्जुवाले पनि योग्यता, सक्रियता एवम् परिपक्वतालाई नै प्राथामिकतामा राखेर काम गर्दछन् । तर उनीहरूका बीचबाट बढीभन्दा बढी अराजकताका परिणाम पनि आउने भएकाले कहिलेकााही बुर्जुवा खेमामा कुनै युवाले चुनावी माध्यम, सल्लाह वा अरू कुनै तरिकाले नेतृत्व लिन सक्ने कुरा पनि रहन्छ । त्यो कुरा कम्युनिस्ट खेमामा पनि हुन सक्दछ । तर त्यो कुनै खास बेलाको कुरा भए पनि युवामा नेतृत्वकै लागि बहस भने हुन सक्दैन । त्यो अनावश्यक कुरा हो । नेतृत्व आवश्यकताले स्थापित गर्ने हो । मागेर, चाहेर, दिएर आदि तरिकाबाट ल्याइने चिज होइन । कम्युनिस्ट पार्टीका लागि त यो धेरै नै गम्भीर प्रश्न पनि हुन सक्दछ । सक्रिय जीवन, उच्च नैतिकता, गम्भीर वैचारिक नेतृत्व, निष्कलङ्क छवि हाम्रो पार्टीका स्थापित संस्कार हुन् । हामीले मोहन विक्रम सिंह, चित्रबहादुर केसी, पार्टीका अरू कैयौा कामरेडका साथै कैयौा असल गुणलाई पार्टी बाहिरका वा विरोधी खेमाका व्यक्तित्वबाट पनि असल शिक्षा लिनु पर्दछ र नयाा पुस्तालाई त्यसबाट दिक्षित गर्ने प्रयत्न गर्नु पर्दछ । योग्यता भनेको उमेर होइन, सक्रिय जीवन हो, नेतृत्व मुख्य होइन सामूहिक उद्देश्य प्रमुख कुरा हो भन्ने कुरा हामी स्वयम्ले बुझ्नुु पर्दछ र जनसमुदायलाई पनि त्यसरी नै दिक्षित गर्दै लैजानु पर्दछ । यसर्थ हाम्रो बहस नेतृत्वका लागि होइन, सामूहिक उद्देश्यका लागि हुनु पर्दछ । कसैकसैले कतै युवाको नेतृत्वको कुरा उठाए पनि वा कुनै पत्रिकाले लेखेको भए पनि त्यो न त बुर्जुवामा नै स्वीकार्य छ, न त कम्युनिस्ट खेमामा नै स्वीकार्य छ । हामीले माथि भने जस्तै आवश्यकताले नेतृत्व जन्माउने भएकाले त्यो तात्कालिक परिस्थितिको उपज वाहेक अरू केही होइन भन्ने कुरा प्रष्ट छ ।

० नेकपा (मसाल) का आगामी कार्यक्रम के–के छन् ?

– पार्टीको आठौा महाधिवेशन भर्खरै सम्पन्न भएको छ । सर्वप्रथम त तिनलाई कार्यान्वयन गर्दै लैजाने हाम्रा कार्यक्रम हुन्छन् । यसका साथै सङ्गठनलाई सुदृढ र शुद्ध बनाउनका लागि पार्टीले व्यवस्थित कार्ययोजनाका साथ आफ्नो कामलाई अगाडि बढाउने छ । केही समय अगाडि बसेको बैठकका निर्णय का. महामन्त्रीले सार्वजनिक गर्नु भएको थियो । विभिन्न विषयलाई लिएर वैधानिक मोर्चा र विभिन्न जनवर्गीय सङ्गठन मार्फत सङ्घर्षलाई अगाडि बढाउने कार्यक्रम छन् । ती सबै सङ्घर्षका कार्यक्रममा नेकपा (मसाल) को प्रत्यक्ष सहभागिता नभए पनि पार्टीको ऐक्यबद्धता रहने छ । सबै तहका पार्टी प्रवक्ताको अग्रमोर्चामा भूमिका रहने छ ।

० विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन मसालले लगातार माग गर्दै आएको छ । तर यसलाई निर्णायक विन्दुमा पुर्‍याउने गरी सङ्घर्षलाई अगाडि बढाउन किन सक्दैन ?

– हाम्रो पार्टी नै एक मात्र पार्टी हो, जसले लगातार विदेशस्थित नेपालीको मतदानको अधिकारको विषयलाई लगातार उठाउादै आएको थियो । अब सर्वोच्च अदालतले समेत त्यो अधिकारलाई कार्यान्वयन गर्न मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिइसकेको अवस्था छ । तर सरकार त्यसप्रति उदासिन छ । त्यस सम्बन्धी हाम्रो पार्टीका महामन्त्री क. मोहन विक्रम सिंहले पटक पटक राजनीतिक वक्तव्यद्वारा सरकारको ध्यान आकर्षण गर्ने काम गर्नु भएको छ । वैधानिक मोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीले सार्वजनिक सभा र विभिन्न सञ्चार माध्यमबाट त्यो विषयमा सरकारको ध्यान आकर्षण गराउने काम गर्नु भएको छ । हाम्रो वैधानिक मोर्चाका सांसदद्वारा संसदमा त्यो कुरा पटक पटक उठाउने काम भएको छ । भारत र अन्य मुलुकमा कार्यरत प्रवासी नेपालीका सामाजिक सङ्गठनद्वारा पनि सरकारको ध्यान आकर्षण गराउने काम भएको छ । त्यस्तै हाम्रो पार्टीका सबै सङ्घर्षका गतिविधिमा यो मुद्दालाई महत्त्वका साथ उठाउने काम भएको छ । तर अहिलेसम्म सरकारले यसमा पहलकदमी लिन सकेको छैन । हामीले सरकारलाई फेरि पनि भन्दछौा कि सर्वोच्चको उक्त निर्णयलाई तुरुन्त कार्यान्वयन गर । यसका साथै हामीले यसलाई आन्दोलनको एउटा विषयको रूपमा समावेश पनि गरिरहने छौा र कार्यान्वयनको लागि दबाब दिइरहने छौ ।

० अन्तमा थप केही छ कि ?

– नेकपा (मसाल) को ऐतिहासिक आठौा महाधिवेशन सम्पन्न भइसकेको छ । महाधिवेशनले गरेका निर्णय र नीतिलाई सशक्त ढङ्गले कार्यान्वयन गर्नका लागि सम्पूर्ण पार्टी सदस्यलाई आह्वान गर्दछौा । अनि तपाईले युगदर्शनबाट नयाा पाइला उठाउनु भयो । युगदर्शनका अगाडि कैयौा चुनौती छन् । किनभने यसले जुन विचारको प्रवाह गर्दछ, त्यसलाई ध्वस्त बनाउनका लागि विभिन्न खाले प्रतिक्रियावादी, अराजकतावादी र पार्टी विरोधी तत्त्वको यो समयमा गठजोड हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तपाई दृढता र धैर्यतापूर्वक आफ्नो यात्रालाई अगाडि बढाउन सफल हुनु हुने छ भन्ने हामीले आशा र विश्वास व्यक्त गर्दछौा । हाम्रो पार्टीका विचार सार्वजनिक गर्ने अवसर प्रदान गर्नु भयो, तपाईलाई धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *