राजु रसालीको खोजी गरिदिन परिवारको आग्रह।

अम्बाला, २ जुलाई । प्यूठान जिल्ला झिमरुक गाउँपालीका वार्ड नम्बर ७ निवासी प्रेम रसालीको छोरा राजु रसाली वर्ष २२ यहि २० जुन २०२१ को भारतको अम्बालाशहरबाट लापत्ता छन् ।

गहुगोरो वर्ण, उचाइ ५ फुट ७ इन्च करिव हाइट भएको निज युवाको घाटीमा RJ भन्ने लेखेको, हातमा टैटु भएको कुरा उनका बुबा मूल प्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रिय सदस्य प्रेम रसालीले बताउनु भएको छ ।

उनी पंजावको लुधियाना, डेराबसी अथवा हिमाचल तिर हुनसक्ने शंका गरिएको छ । उनलाई भेटेमा नजिकको मूल प्रवाहमा अथवा ७०१५२७३८६१ तथा ९८९६९७१२३८ मा खवर गरिदिनुहुन रसाली परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार