राप्ती नदी उत्खनन् गरिएकोमा राष्ट्रिय जनमोर्चा दाङको आपत्ति

  •   
  •  
  •  
  •  
  •  
  •  

98 जनाले पढ्नु भयो ।

दाङ । दाङ देउखुरीको राप्ती नदीमा प्राकृतिक सम्पदाको अनियमित दोहन भएको भन्दै राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले आपत्ति जनाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै राप्ती नदीमा सरकारी मापदण्डलाई समेत बेवास्ता गरेर अनियमित रुपमा प्राकृतिक साधनस्रोत उत्खनन् गरिएकोप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

राप्ती नदिमा भैरहेको अनियंत्रित उत्खनन बन्द नगरिकोप्रति राष्ट्रिय जनमोर्चा दाङले प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुने आचार्यद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा लेखिएको छ :

“अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खनन प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । प्राकृतिक सम्पदाको अनियमित दोहनकै कारण पर्यावरणमा समेत संकट उत्पन्न भएको छ । यसैका कारण मानव जिबन समेत संकटमा परेको छ । यस्तो अबस्थामा केही मान्छेहरुको स्वार्थसिद्धिको लागि प्राकृतिक सम्पदाको बिनास गर्नु गम्भीर आपत्तिको कुरा हो । हाम्रो पार्टीले यो विषयमा लगातार आबाज उठाइरहेको छ ।

खोला वा नदि बाट ढुङ्गा , गिट्टी र बालुवा उत्खनन गर्नको लागि सरकारले बनाएको मापदण्ड बिपरित खोलामा ठुला ठुला मेसिन लगाइ घाटगद्दिको नाममा अनियंत्रित उत्खनन भैरहदा पुलिस , प्रसासन र स्थानीय सरकारले त्यसको संरक्षण गर्ने कुरा झनै आपत्तिपुर्ण छ । यश प्रकारको क्रियाकलापको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोर निन्दा तथा भ्रत्सना गर्न चाहान्छ । तत्काल खोलामा भैरहेको अनियंत्रित उत्खनन बन्द गर्न हामिले स्थानीय सरकार र जिल्ला प्रसासनलाई अनुरोध गर्न चाहान्छौ । अन्यथा यो विषम अबस्थामा पनि हाम्रो प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुनेछौ । “

मिति २०७८/०२/११
क्रान्तिकारी अभिबादन सहित

गणेश आचार्य
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *