राम बहादुर कुँवरको हत्याको आरोपमा एकजना पक्राउ
189 जनाले पढ्नु भयो ।
खिमराज चालिसे
चंडिगढ, २० फरवरी २०२१ । गत ९ फरवरीको रात्री भारतको हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत नेत्र कुँवरका छोरा राम बहादुर कुँवरको हत्या आरोपीको रुपमा हरियाणा पुलीसले उत्तराखण्ड राज्यको अल्मोडा निवासी राकेश भनिने युवकलाई गिरप्तार गरि पुलीस हिरासतमा राखिएको छ ।
उपरोक्त घटना सम्वन्धमा सत्यतथ्य वुझ्न भनि आज मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चीमोत्तर क्षेत्रिय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्द बहादुर लम्तरी तथा मृतकका पारिवारिक सदस्यहरु समेत रहेको प्रतिनिधिमण्डल आरोपीसँग पुलीस कस्टडीमा भेटेर आवश्यक सोधपुछ गरेको छ । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार पनि गरेको क्षेत्रीय समितिका तारा सोमारेले बताउनु भएको छ ।
सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पिडीतको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भएको छ ।
मृतक राम बहादुर कुँवर गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ३ खिल्ली बडागाउँ पेगा निवासी हुन ।