राष्ट्रियता संकटमा परेको राजमो दाङको ठहर

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको बैठकले संघीयताका कारण दिन प्रतिदिन देशमा संकट थपिंदै गएको ठहर गरेको छ ।

गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि माघ महिना भरि जनजागरण कार्यक्रम गर्ने त्यसको पुर्व तयारीको रुपमा पुस महिना भरिमा स्थानीय समितिहरुका बैठक गर्ने र फागुन महिनामा जिल्ला ब्यापी संगठन निर्माण अभियान चलाउने निर्णय भएको शुक्रबार सम्पन्न पार्टीको बैठक पछि अध्यक्ष गणेश आचार्यद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

त्यस्तै भारतीय साम्राज्यवादले बारम्बार नेपालको सिमा मिच्दै आएको छ । अहिले आफ्नो नाक्सामा कालापानी लिपुलेकको ठूलो नेपाली भुभागलाई समेत सामेल गरेको छ । त्यसका विरुद्धमा हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । यसै सन्दर्भमा सिमा अतिक्रमण र राष्ट्रियताको विषयमा यहि पौष २१ गते घोराहीमा अन्तर्कृया कार्यक्रम गर्ने साथै स्थानीय स्तरमा तुलसीपुर, लमही गढबा र भालुबाङमा पनि अन्तत्र्रिmया गर्ने निर्णय भएको सोही विज्ञप्तीमार्फत जनाइएको छ ।

राप्ती गाउँपालिका १ स्थित राप्ती नदिमा त्यसको नजिकै रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, भालुबाङ बजार, बडकापथ, बराखुट्टी कुलोको बाध, धार्मिक स्थल, सुरक्षा पोष्ट, संसानघाट समेतलाई असर गर्ने गरि नदि जन्य पदार्थ उत्खनन् गर्न दिने कार्यको बिरोध गर्ने र प्राकृतिक श्रोत साधन माथिको अनियंत्रित दोहनको बिरोध गर्दै यसैको विषयमा लमहि र गढबामा अन्तर्कृया कार्यक्रम गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार