राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म

  •   
  •  
  •  
  •  
  •  
  •  

97 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिदैँ केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताउनुभएको हो ।

यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताउनुभयो । जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि बताउनुभयो । मुख्य जनगणना अघि बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि बताउनुभयो ।

जनगणनाको लागि आवश्यक तयारीहरु गरिरहेको उहाँले बताउनुभयो । ७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताउनुभयो । वि।सं। १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०/१० वर्षमा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *