राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर

नवलपुर । गैँडाकोट नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेहरूको लहर चलेको छ । राजमोले लिएको सही राजनैतिक विचारले देशको वस्तुगत परिस्थितिको सही मूल्याङ्कन गरेको भन्दै गैँडाकोट नगरपालिका–१४ मा थुप्रै व्यक्तिहरु राष्ट्रिय प्रवेश गरेका हुन् ।

यसरी विभिन्न राजनीतिक समूह परित्याग गरी राजमोका प्रवेश गर्नेहरुमा रामप्रसाद पौडेल, दुर्गा पौडेल, देवी पौडेल, तारा सुवेदी पौडेल, अनु पौडेल, रेणुका पौडेल, जयकला पौडेल, रामु पौडेल, डिलादेवी पौडेल, गङ्गाराम आचार्य, हिरादेवी आचार्य, राजेन्द्र आचार्य, सरस्वती आचार्य, शङ्कर पौडेल, प्रतिमा पौडेल, टेकनारायण पराजुली, रेशम आचार्य, भूमिश्वर सापकोटा, भुमकली सापकोटा, विष्णुमाया पराजुली, कलावति तिवारी शर्मा, वेदप्रसाद शर्मा, नेत्रप्रसाद आचार्य, चक्रपाणि पौडेल, चन्द्र पौडेल, ओमप्रकाश पौडेल, विष्णु सापकोटा, रामबाबु सापकोटा, चिन्तामणि पौडेल र डिला पौडेललगायत रहनु भएकोृ छ ।

त्यसैगरी वडा नं. १७ मा नेकपा (नेकपा) परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेहरुमा तमबहादुर विक, निर्मला विक, महेन्द्र दर्जी, पार्वती विक, मौसीराम विक, नरबहादुर दर्जी, मन्जु विक र नसबहादुर विक रहनुभएको छ ।

नवप्रवेशीहरुलाई गैँडाकोट नगरपालिका वडन नं. १६ का अध्यक्ष गोवर्धन ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणपछि ज्ञवालीको पहलमा वडा नंं १७ एकाइ समिति गठन गरिएको छ । समितिमा अध्यक्ष तमबहादुर विक, उपाध्यक्षमा निर्मला विक, सचिव महेन्द्र दर्जी, कोषाध्यक्ष पार्वती विक तथा सदस्यहरुमा मौसीराम विक, नरबहादुर दर्जी, मन्जु विक र नरबहादुर विक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार