राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला प्रशिक्षण भेलाको उद्घाटन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले “विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ २०७७ फागुन ९ गते दुईदिने जिल्ला प्रशिक्षण भेलाको राधाकृष्ण सभाहल बागलुङ बजारमा प्रमुख अतिथि राजमो अध्यक्ष चित्रबहादुर केसीले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष केसीले भन्नुभयो– आफ्नो पार्टीको आन्तरिक मदभेद मिलाउन नसकेर संसदीय प्रक्रिया नै पूरा नगरी संसद विघटन गर्नु असंवैधानिक कदम हो । यसले राजावादी र विदेशी शक्तिकेन्द्रलाई चलखेल गर्न हौसाएको छ ।

२०५१ मा काङ्ग्रेसको आन्तरिक विवादले संसद विघटन गर्दा राजा र विदेशी शक्ति केन्द्रहरू चलखेल बढाएको प्रसङ्ग बताउदै जनताको प्रतिनिधित्व हुने संस्था विघटनले जनताको अधिकारमाथि घात हुने बताउनुभयो ।

राष्ट्रियताको प्रसङ्गमा केसीले भन्नुभयो– सिङ्गो मधेस एक प्रदेश हुनु पर्ने, अङ्गीकृत नागरिक संवैधानिक प्रमुख बन्न पाउनुपर्ने, साथै प्रदेशको सीमा रेखाङ्कन प्रदेश सरकारले पाउनुपर्नेजस्तो राष्ट्रहित विपरीतका माग बढ्दै जानुले राष्ट्रियता खतरामा परेको बताउनुभयो ।

राष्ट्रियता कमजोर बन्दै गएको बेला संसद विघटनले वैदेशिक चलखेल बढेको बेला गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन बलियो बनाउनुपर्ने बताउँदै भ्रष्टाचार र सङ्घीयता विरुद्धको आन्दोलनलाई सशक्त पार्न आह्वान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय उपाध्यक्ष काजीगाँउले श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, केन्द्रीय सदस्य दिलबहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य गौरीश्वर पाण्डे, परिषद् सदस्य तिलक थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भीमसेन वन, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापर सङ्घका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य विष्णु अधिकारी, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य कुशल बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरू जनवर्गीय सङ्गठनका जिल्लाध्यक्ष तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियोे ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धर्मबहादुर कुँवरको स्वागत मन्तव्य र सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन भएको थियोे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि, राजमोकाका जिल्ला, पालिका र वडा स्तरका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न विषयमा प्रशिक्षण हुनुका साथै आगामी कार्यक्रम तय गर्दै फागुन १० गते सम्म सम्पन्न हुने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार