रिंगटा लागेर पल्टिदा टाउकोमा चोट लागेर मृत्यु

चेन्नई । जैमिनीका बिर बहादुर रानाको चेन्नईमा निधन भएको छ । उनको १० सितंबर २०२० का दिन बिहान ढोकाबाट बाहिर निस्कने क्रममा रिंगटा लागेर पल्टिदा टाउकोमा चोट लागेर मृत्यु भएको बताइएको छ ।

उनी जैमिनी नगरपालिका वाड नंबर ६ अर्जेवा, बाग्लुङ निवासी नेत्र रानाका बर्ष ३३ का छोरा भएको परिचय खुलेको छ । बिर बहादुर चेन्नईको कोटीवाक्कममा कार्यरत थिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याललाई उक्त घटनाको बारेमा जानकारी प्राप्त भए पछि चेन्नई पूर्व नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापा र सदस्य लक्ष्मण चालिसे घटना स्थलमा पुगेर घटनाको बारेमा जायजा लिनुका साथै प्रहरी प्रशासनलाई जानकारी गराउनु भएको थियो ।

संगठनको पहलमा प्रहरीले मृतकका आफन्त क्षेत्र बहादुरलाई शव दाहसंकार गर्न दिने शर्तमा प्रहरी प्रशासनको कामदेखि हस्पिटलमा मेडीकल प्रक्रिया पुरा गरेर १० सितंबर २०२० का दिन करिब ६ बजे चेन्नईको निसापेटमा दाहसंकार गरिएको छ ।

दाहासंस्कारमा महेन्द्र बस्याल, चन्द्र थापा, क्षेत्रीय सदस्य कांशीराम आचार्य, बोमलाल बसेल, पूर्व नगर सचिव कोटी प्रसाद पोख्रेल, सदस्य लक्ष्मण चालिसे, उमानन्द आचार्य, क्षेत्र बहादुर पुन, प्रेम प्रासाद शर्मा, छविलाल थापा मगर, अनिल थापा घरवेटी राजेन्द्र, बिमला राइ लगायतको उपस्थित रहेको थियो ।

मृत बिर बहादुरको सम्मानमा एक मिनेट मौनधारणका साथै महेन्द्र बस्याल र लक्ष्मण चालिसेले शोक मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार