रिकङपियो नगर समितिका दुई कार्यकर्ताको कोरोनाबाट दुःखद निधन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

311 जनाले पढ्नु भयो ।

रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियो नगर समितिका सदस्य दिलबहादुर थापा र सल्लाहकार सदस्य चक्रमान घलेको कोरोना संक्रमणका कारण दुःखद निधन भएको छ । थापाको २२ र घलेको २४ मईका दिन उपचारको क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।

दिल बहादुर थापा स्वदेशमा भोङगथाग त्रिशुली, नुवाकोट निवासी हुनुहुन्थ्यो । चक्रमान घले नुछे सितथाङ ८ नुवाकोट निवासी हुनुहुन्थ्यो । घलेलाई सुगरको पनि समस्या थियो । वहाँहरु दुबै जना हिमाचलको पालमपुरमा रहँदै आउनु भएको थियो ।

संगठनका दुबै जना सदस्यहरुको निधनले संगठनलाई अपूर्णीय क्षेतिपुगेको समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले बताउनु भएको छ । केसीले सिंगो केन्द्रीय समितिको तर्फबाट भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुका साथै दुबै परिवारजनमा गहिरो समवेदना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *