रेल छुटेर अलपत्र परेका राना मूल प्रवाहको पहलमा सकुशल स्वदेश

बिना, मध्य प्रदेश । डोटी जिल्ला आदर्श गाउँ पालिका निवासी अमर राई केरलबाट नेपाल जान भनि हिडेका मध्य प्रदेशको बिना शहरको आउटरमा सिंगनल नमिलेर रेल रोकिएको समयमा वान्ता आए जस्तो भएकोले रेलबाट ओर्लेको थिए ।

अचानक रेलको सिंगनल खुली रेल हिंडे पछि भौतारी रहेको अवस्थामा मध्य प्रदेश पुलिसले चौकीमा लागि सोधपुछ गर्दा राम्रोसँग भाषा पनि नजान्ने अमर राईले आफ्नो परिचित एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चीन नगर समितिका सेर बहादुरलाई आफू रेलबाट छुटेको र बिना पुलिस हिरासतमा भएको जानकारी गराएका थिए ।

सेर बहादुरले मूल प्रवाहको केन्द्रिय कार्यालयमा जानकारी गराउनु भएको थियो । कार्यालयबाट पुलिस स्टेशनमा सम्पर्क गर्नुका साथै नजिक रहेको भोपालका साथीहरूले अगाडिको व्यवस्थापनको लागि र आवश्यक सहयोगका गर्ने पुलिसलाई जानकारी गराइएको थियो ।

त्यस पछि मध्य भारत क्षेत्रीय अध्यक्ष केबी खड्काद्वारा निज अमर राईलाई भोपाल झिकाउने एवं क्षेत्रीय सदस्य भिम सोनी हस्ते नेपालको कृष्णनगरसम्म पुर्याई पश्चिम जाने बसमा चढाउनु भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार