रेल त्रिपाल ओढाएर थन्क्याइयो

काठमाडौं । भारतबाट तामझामका साथ भित्र्याएर नेपाललाई हस्तान्तरण गरिएका दुई रेल थन्किएर बसेका छन् । नेपालले करिब एक अर्ब रुपैयाँमा किनेका रेल सुनसरीको इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखिएको हो ।

जनकपुर–जयनगर रुटमा चलाउन भारतीय कम्पनीसँग महंगो मूल्यमा नेपालले किनेको रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना संक्रमण कम हुनासाथ रेल नियमित सञ्चालन गर्ने बताएको छ ।

जनकपुर–जयनगर ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।

सरकारले २०७५ को पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलाइ भयो ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार