लकडाउनमा भारत सरकारको दिशा-निर्देशन, अझै केहीमा प्रतिवन्ध, कयौं काम गर्न छूट

  •   
  •  
  •  
  •  
  •  
  •  

320 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाईरसको प्रकोपलाई रोक्नका लागि लागू गरिएको लकडाउनको दोस्रो चरणका लागि बुधवार नयाँ दिशा-निर्देश जारी गरेको छ । दिशानिर्देशमा कुन-कुन गतिविधिलाई छूट र कुनलाई प्रतिवन्ध गरिएको छ भन्ने स्पष्य गरिएको छ । दोस्रो चरणको लकडाउनमा सबै प्रकारका सार्वजनिक यातायात र सार्वजनिक स्थान खुल्ला नगर्न 3 मईसम्म रोक गरिएको छ । यस दौरान बस, मेट्रो, ट्रेन, फ्लाइट, अटो, क्याब, टैक्सी आदिमा प्रतिबन्ध रहनेछ ।

गृह मन्त्रालयद्वारा जारी दिशा निर्देशका अनुसार, सार्वजनिक स्थानमा थुक्नु दण्डनीय अपरा भएको छ र मदिरा, गुट्का, तम्बाकू आदिको बिक्रीमा कडा प्रतिबन्ध गरिएको छ । त्यसैगरि शैक्षिक संस्थान, कोचिङ सेन्टर, घरेलू एवं अन्तरराष्ट्रीय हवाई सेवा, ट्रेन सेवा पनि स्थगित रहनेछ । सिनेमा घर, मल, शपिङ कम्प्लेक्स, जिमखाना, खेल परिसर, स्विमिङ पूल, बार जस्ता सार्वजनिक स्थान पनि 3 मईसम्म बन्द रहनेछन । यस दैरान सम्पूर्ण सामाजिक, राजनीतिक, खेल, धार्मिक समारोह, धार्मिक स्थल, प्रार्थना स्थल पनि बन्द रहने छन् ।

के-के गर्न छूट मिल्नेछ ?

दिशा निर्देशका अनुसार, शहरी एमसीडीको क्षेत्रमा नपर्ने ग्रामीण क्षेत्रमा उद्योगलाई प्रतिवन्ध मुक्त राखिएको छ । तर त्यहाँ सामाजिक दूरी कायम राख्न भनिएको छ । त्यसैगरि खाद्य प्रसंस्करण, आईटी हार्डवेयर, कोइला उद्योग, खानी उद्योग, तेल रिफाइनरी इण्डस्ट्री, पैकेजिङ इण्डस्ट्रीऔर जूट उद्योगलाई राहत दिइएको छ । ती उद्योगहरु 20 अप्रेलदेखि काम गर्न सक्ने छन् । त्यसैगरि ग्रामीण क्षेत्रमा ईटा भट्टा चलाउन पनि अनुमति दिइएको छ । सडक निर्माण, सिचाई योजना र भवन निर्माण कार्यलाई पनि प्रतिबन्धको दायराबाट मुक्त गरिएको छ ।

मानिसहरुलाई सामाजिक दूरी र अन्य दिशानिर्देशको पालना गर्दै सबै प्रकाका स्वास्थ्य सेवालाई छूट दिइएको छ । औषधीको उत्पादन र पैकेजिङलाई अनुमति दिइएको छ । खेतीपातिलाई मुक्त राखिएको छ भने तरकारी मण्डीहरुलाई पनि छूट दिइएको छ । कृषि क्षेत्रसँग सम्बन्धित पसलहरुलाई पनि खुल्ला गर्न अनुमति दिइएको छ । कृषिसँग सम्बन्धित मशीन र पार्टपुर्जाका पसलहरुलाई पनि छूट दिइएको छ ।

नयाँ गाइडलाइन अनुसार, ग्यास, तेल, एलपीजी, पीएनजीको उत्पादन र वितरणलाई पनि छूट दिइएको छ । माछा पालन, उर्जा क्षेत्र र ग्रामीण क्षेत्रमा चल्ने मनरेगालाई पूर्ण रुपमा छूट दिइएको छ ।

योसँगै इलेक्ट्रिक, आईटी, मोटर मैकेनिक, प्लम्बर, कारपेन्टरलाई पनि छूट दिइएको छ । उनिहरु सामाजिक दूरी बनाउँदै 20 अप्रेलपछि आप्नो काम जारी राख्न सक्छन । त्यसैगरि हाइवेमा धेरै चल्ने ढाबाहरुलाई पनि छूट दिइएको छ ।

लकडाउनका क्रममा किराना पसल, फल, तरकारीका पसल, ठेला, दूधका बूथ, अण्डा, मासु र माछाका पसलहरु पनि खुल्ला रहने छन् ।

रक्षा, अर्द्धसैन्य बल, स्वास्थ्य एवं परिवार कल्याण, आपदा प्रबन्धन, एनआईसी, एफसीआई, एनसीसी, नेहरू युवा केन्द्र र सीमाशुल्क कार्यालय जस्ता केन्द्र सरकारका विभागहरु पनि बिना रुकावट काम गर्ने छन् ।

त्यसैगरि अन्य मन्त्रालय र विभाग उपसचिव र त्यसमाथिका पदका अधिकारीहरु शत प्रतिशत हाजिरीसँगै काम गर्ने छन । बाँकी अधिकारी र कर्मचारी आवश्यकता अनुसार 33 प्रतिशतसम्म उपस्थितिका साथ काम गर्न सक्ने छन् ।

त्यसैगरि राज्य सरकारका कार्यालयहरु एक तिहाई स्टाफका साथ खुल्ला रहने छन्।

(nationallivetv.com बाट कपि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *