लकडाउनले वेरोजगारी र आर्थिक अभावले ३ जना नेपाली मजदुरद्वारा आत्महत्या

0Shares

4572 जनाले पढ्नु भयो ।

महेन्द्र बस्याल/ चेन्नई,

लकडाउनका कारण बेरोजगार भइ आर्थिक तथा मानसिक तनाबका कारण ३ जना नेपाली श्रमिकहरुले आत्महत्या गरेका छन् ।

अन्नपूर्ण गाउँपालीका ७ सल्यान, कास्की निवासी थम बहादुर क्षेत्रीका छोरा बर्ष ६२ का ललीत बहादुर क्षेत्री चेन्नईमा लकडाउनका कारण वेरोजगार थिए । उनले २२ जुलाई २०२० का दिन चेन्नईको तालम्पुर भन्ने ठाउँमा रूखमा झुण्डीएर आत्महत्या गरेको समाचार छ ।

उनको मृत्यको खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिमा जानकारी भए पछि नगर अध्यक्ष तथा क्षेत्रीय सदस्य श्री चन्द्र बहादुर थापाको नेतृत्वमा घटनाको जायजा लिनुका साथै पोलिस प्रशासनसंग मिलेर निज मृतकको शवलाई पोष्टमर्टम गर्नको लागि चेंगलपेट सरकारी हस्पिटलमा राखिएको थियो । २३ जुलाई २० का दिन आफन्तजन र संगठका कार्यकर्ताहरूको उपस्थितमा कानूनी तथा हस्पिटल सम्बन्धि सम्पूर्ण प्रकृया पुरा गरि चेंगलपेटको संशानघाटमा अन्तिम दाहसंकार गरिएको छ ।

निजको सम्मानमा शोकसभाको आयोजना गरिएको थियो । शोकसभामा १ मिनेट मौनधारणका साथै नगर अध्यक्ष चन्द्र बहादुर थापाले शोक मन्तव्य राख्नु भएको थियो । शोकसभामा मूल प्रवाह पूर्व नगर सदस्य प्रसाद पराजुली, प्रेम थापा, बिमल बहादुर लामिछाने, चेंगलपेट नसबाट दिपक गिरी, मृतकका आफन्तजन बहिनी माया देबी, जुवाई धनबहादुर लामिछाने, भान्जा दिपेन्द्र लामिछाने, भान्जि लता लामिछाने, भान्जि जुवाई मीन बहादुर, दाजुभाइ रमेश क्षेत्री, श्रीराम क्षेत्री, भरत केसी र स्थानी प्रहरी गुनासेखरनको उपस्थिति रहेको थियो ।

स्मरण रहोस कुस्मा नगरपालिका ३ दुर्लुङ पर्बतका भवानी प्रसाद पौडेल बर्ष ३७ का परिवार सहित चेन्नईको तेनाम्पेटमा रहँदै आएका थिए । उनी पनि बेरोजगार, आर्थिक तथा मानसिक तनावका कारण यसै साल १७ जुलाईका दिन बाथरूममा झुण्डीएर आत्माहत्या गरेका थिए ।

त्यस्तै कुस्मा नगरपालिका ६ चुवा पर्बतका हिमाल दर्जीका छोरा बर्ष २२ का अनिल दर्ज़ी चेन्नई पेरम्बुरमा रहँदै आएका थिए । उनले पनि बेरोजगार, आर्थिक अभाव तथा मानसिक तनावका कारण यसै वर्ष २१ जुलाईका दिन आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेका थिए । निज दुबै जनाको दाहसंस्कार प्रवासी नेपाली संघ भारत चेन्नई नगर समिति र आफन्त जनको उपस्थितिमा गरिएको थियो ।

विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र लकडाउनका कारण वेरोजगार, आर्थिक अभाव तथा मानसिक तनावका कारण चेन्नईमा करिब एक हप्ता अवधिमा ३ जना नेपाली मजदूरहरूले झुण्डीएर आत्महत्या गरेको समाचारले सम्पूर्ण प्रवासी नेपालीहरुलाई मर्माहित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *