लकडाउन समाप्तिसँगै राजमोको संगठन अभियान अगाडि बढ्दै

  •   
  •  
  •  
  •  
  •  
  •  

269 जनाले पढ्नु भयो ।

प्युठान । राष्ट्रिय जनमोर्चाको गत फागुन महिनामा सञ्चालित देशब्यापी संगठन अभियानलाई जनस्तरबाट व्यापक समर्थन प्राप्त भए सँगै अभियानलाई चैतसम्म बढाइएको थियो ।

विश्व ब्यापी कोभिड–१९ महामारीको जोखिम बढेपछि नेपालमा पनि चैत ११ गतेबाट बन्दाबन्दी सुरू भए पछि राजमोको संगठन अभियान पनि स्थगित गरिएको थियो । गत मंगलबार रातिबाट लकडाउन समाप्त भए पछि संगठन अभियानको बाँकी कार्य पूरा गर्न कार्यकर्ताहरू क्रियाशील भएका छन् ।

यसै सिलसिलामा झिमरूक गाउँपालिका वार्ड नं ७ को सविक ७ र ८ को भेलाले १५ सदस्यीय समिति गठन गरेको छ । भेलाले गिर बहादुर थापालाई अध्यक्ष चयन गरेको छ ।

यस्तै, उपाध्यक्ष किम्मत बहादुर थापा, सचिव रेकम सुनार, कोषाध्यक्ष राधा पछाई तथा सदस्यहरूमा पदम थापा, पिताम्बर सुवेदी, रिता थापा, जितेन्द्र थापा, विवस थापा, मोहन विक रहनु भएको छ । यस्तै, भेलाले टीका थापालाई सल्लाहकार चयन गरेको छ ।

नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता राजमो वार्ड अध्यक्ष दिनेन्द्र एमसी र सञ्चालन उपाध्यक्ष लोक बहादुर महताराले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *