लालटिनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

टेकराज भुसाल (टेकु)

बुटवल । कृषिमा उज्यालो ल्याउने उदेश्यले बुटवलमा २०७२ साल साउनमा स्थापना गरिएको लालटिन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सातौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक सेवामा टेवा पुर्याउने र रुपन्देहीमा रगतको कमि हुन नदिने मूल उदेश्यले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गंगालाल सापकोटाले बताए ।

सातौं रक्तदान कार्यक्रमसम्म ३५० जना बढिले रक्तदान कार्यक्रममा सहभागी भएको आयोजकले बताएको छ । अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने संयोजक यज्ञप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिष्ठ प्राविधिक राधा शर्मा र संयोजक यज्ञप्रसाद उपाध्यायको विशेष उपस्थितमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार