लाहुरको पाहुर

0Shares

1282 जनाले पढ्नु भयो ।

जुना चालिसे (चंडीगढ)

यस्तै रहेछ प्रदेशी लाहुरेको यो जीवन ।
लाहुरको पाहुरसम्म यात्रा रहेछ जीवन ।।
पिडै पिडा र दुःखैदुःखको निशानी हो लाहुर ।
मुटूभरि पिडा बोक्छु छैन केही नि पाहुर ।

झोलाभरी सामान नारीवल मिश्री र जिरा ।
सीत्तैमा आए जस्तो लाग्थ्यो थाहै भएन पीडा ।।
बाबा र दाजु लाहुरे बनेको खुसी सम्झेर ।
बल्ल थाहा पाए हजुर आफै लाहुरे बनेर ।।

सित्तैमा केही नपाईदो पो रहेछ यो लाहुर ।
मैले कसरी लैजाउ आफन्तलाई पाहुर ।।
खाइराखेका इष्टमित्र आशा गर्ने होलान् ।
लाहुरेको पिडा र बेदना सुनेर कोरोलान् ।।

सोंचे भन्दा फरक रैछ लाहुर भन्ने थाहा भयो ।
घरबाट खबर आउँछ ठुलो पाटो साहुले लयो ।।
एउटा सानो खरको झुप्रो ढुंगा लाउने आश ।
लाहुर सारै गारो रहेछ छैन खाने गास ।।

नगर्नु है संगी–साथी रहर जान लाहुर ।
टुहुरो झै भइन्छ के ल्याउ गाउमा पाहुर ।।
त्यो खरको झुप्रो भनि पहिला हेला गरे मैले ।
चारहातको सानो कोठा भाडा सतर्छु एकले ।।

कामै मात्र प्यारो हुँदो रहेछ आमा लाहुर ।
फर्की छिट्टै घर जाने मनछ छैन तर पाहुर ।।
पहिले गाउँमा खुसी हुन्थे जानपर्दा लाहुर ।
खुसी हुदै वाड्थ्यौ आमा लाहुरको त्यो पाहुर ।।

मसला र मिश्री अनी वाड्थ्यौ आमा जिरा ।
रित्तै झोला आउँला आमा बोकेर यो पीडा ।।
न घरमा टीन लगाए न झोलामा छ पाहुर ।
वाक्कै दिक्क लाग्दो रैछ आमा यस्तो लाहुर ।।

बाबा आउँदा ल्याउनु हुन्थ्यो वाकस भरिया ।
मैले भने ल्याउन पाईन आमालाई फरिया ।।
बाबा आउँदा लाग्थ्यो मलाई पैसा बोटमै फल्छ ।
अहिले आफै लाहुर देख्दा मनमा आगो बल्छ ।।

सडक छेउमै वास हुँदोरहेछ बरै लाहुर ।
धेरै आसा अस्ताई सके, छैन आमा पाहुर ।।
पानीसम्म किन्न पर्ने केहि नपाईने लाहुर ।
आटोढिडो सुखमै खाम्ला ल्याइन आमा पाहुर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *