लिलाबल्लब पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

चन्द्रप्रसाद पौडेल,

कोयम्बतुर, ३ जुलाई । बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका, बारमुर ताराखर पौडेलका जेष्ठ पुत्र तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतूर नगर समिति अन्तर्गत श्री लक्ष्मी इन्डस्ट्रिज, पुमार्केट कोयम्बटोरमा बिगत ३५ वर्ष देखि कार्यरत हुँदै टाउन हल एरिया समितीमा बिगत लामो समयसम्म विभिन्न पदमा रहेर काम गर्दै आउनुभएका सदस्य लिलाबल्लब पौडेलको ६५ वर्षको उमेरमा हृदयघातक भएर २९ जुन २०२१ का दिन श्री रामकृष्ण अस्पताल कोयम्बतुरमा उपचार चलिरहेको थियो ।

वहाँको उपचार कै दौरानमा २ जुलाई २०२१ तदनुसार २०७८ साल असार १८ का दिन दुखद निधन भएको छ । उहाँको अन्तिम दाहसंस्कार स्थानीय संगठनका साथिहरु, आफन्तजनको उपस्थितिमा ३ जुलाई २०२१ दिन गरिएको थियो । मृतक लिलाबल्लब पौडेलप्रति भावपूर्ण श्रध्दांजलि अर्पण गर्दै वहाँका शोक संतप्त परिवारजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतूर नगर समिति हार्दिक समवेदना प्रकट गर्दछ ।

श्रद्धाञ्जली सभा कार्यक्रममा चन्द्र प्रसाद पौडेलको अध्यक्षतामा र गोपाल शर्माको सञ्चालनमा अगाडि बढेको थियो । मृतक लिलाबल्लब पौडेलप्रति २ मिनेट संयुक्त मौनधारण पछि शोक मन्तब्य दिने बक्ताहरुमा रबिशंकर शर्मा, मूल प्रवाह केन्द्रिय परिषद सदस्य, राम बहादुर शेन, मूल प्रवाह, सह– सचिब, कोयम्बतुर नगर समिति, चिरञ्जीवी शर्मा, मूल प्रवाह, अध्यक्ष कनुबाइ एरिया समिति, होमनाथ पौडेल, मृतकका भाइ र नेपाली जनसम्पर्क समितिका बालकृष्ण ढकाल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार