लुधियानामा गर्भवती महिला अलपत्र पारी यूवक फरार

खिमराज चालिसे

लुधियाना, १९ जुलाई । भारतको पञ्जाब राज्यको लुधियानामा एक ५० वर्षिय महिला अलपत्र परेकी छिन् । उनलाई अर्जुन नाम गरेको व्यक्तिले विबाह गर्छु भनि एक वर्षदेखि प्रलोभन देखाएर आफनै डेरामा राखि शारिरिक शोषण गर्दै आइरहेको पिडित महिलाले बताइन् । आफूलाई गर्भवती भएपछि अलपत्र पारेर फरार भएको पिडित महिलाले बताइन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिमा महिलाले १८ जुलाइको “न्याय पाउँ” भनि दिएको निवेदनमा आफुलाई अर्जुन नाम गरेका बुटबल घर बताउने यूवकले गर्भवती बनाएर २ जुलाई २०२१ देखि फरार भएको उल्लेख गरेकी छिन् । साथै महिलाले उक्त यूवकको खोजीकार्यमा सहयोग गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार