लुधियाना र सिरसामा एमसिसी खारेजीको लागि मूल प्रवाहको विरोध सभा सम्पन्न

खिमराज चालिसे

चंडिगढ, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालीत विभिन्न नगरहरुमा विहानैदेखि विरोध सभाहरु शुरु भएका छन् ।

यसै बीच समाजको लुधियाना नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय कपिल खनाल र हिरासिंह चन्दले सम्बोधन गर्दै सभामा एमसिसी खारेजीको मागको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता प्रकट गर्नुभएको छ ।

राष्ट्रियताको विरुद्ध रहेको एमसिसिलाई कुनै पनि हालतमा नेपाल ल्याउन नहुने दुबै नेताहरुले बताउनुभएको थियो । वहाँहरुले एमसिसी दक्षिण एशियाली देशहरुलाई अमेरिकी साम्राज्यवादले आफ्नो निगरानीमा राख्नका निमित्त नेपालको भूभाग प्रयोग गर्ने उदेश्य सहित हतकण्डा अपनाएको बताउनु भएको थियो ।

कार्यक्रम नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षता र खुम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो

त्यसैगरि सोही क्षेत्रीय समितिद्धारा सञ्चालित सिरसा नगर समितिको आयोजनामा पनि एमसिसि विरुद्धको सभा सम्पन्न भएको छ । सभालाई नगर अध्यक्ष अजीत वुढामगरले सम्बोधन गर्नुभएको थियो । वुढामगरले एमसिसी खारेजीको लागि संसारभरका श्रमजीवी नेपालीहरु एकढिक्का भएर आन्दोलन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रम शंकरलाल गौतमको अध्यक्षतामा तथा सुरेश बिकको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार