वर्गिय आन्दोलनले नै समाज रुपान्तरण हुन्छ

18165 जनाले पढ्नु भयो ।

खिमराज चालिसे, चंडिगढ

हाम्रो समाजलाई विखण्डन र विद्रोहको कित्तावन्दी गर्न वर्तमान सामाजिक संरचना भित्र हदैसम्मको सजिलो छ । त्यहि सजिलोपनको फाइदा उठाएर कहिले समाज परिवर्तनको नाममा, कहिले जातिय आन्दोलनको नाममा त कहिले धार्मिक, राजनैतिक, कहिले क्षेत्रीयता र भाषिक आन्दोलनको नाममा देशमा वारम्वार जनता विच कटुता पैदा गर्ने वैमनस्यताको स्थिती पैदागर्ने, रक्तपातको स्थिती निम्त्याउने, त कहिले यसप्रकारका घिनलाग्दा कृयाकलाप अपनाएर जनतामा आतंक मच्चाएर त्राहि–त्राहि मच्चाउने र व्यवस्थाको विरुद्ध संगठित आवाज उठने संभावनाको दिशा नै परिवर्तन गर्ने शासकीय कार्य विद्यमान सामाजिक संरचनाको उपज हो ।

यसप्रकारको चिन्तन सामान्य जनता, वुर्जुआ पार्टिहरु र संशोधनवादीहरुमा आउनु त स्वभाविकै हो किनकी यो व्यवस्था र सामाजिक संरचना नै उनीहरुको अनुरुप छ तर माक्र्सवादी लेनिनवादीहरु भने सामान्यतया सामाजिक संरचना विरुद्ध खासगरि सबैप्रकारका सामाजिक विकृति तथा मुक्ती आन्दोलनहरुलाई वर्ग संघर्ष र सर्वहारा अधिनायकत्वको अपराजित सिद्धान्तसँग जोडेर व्यवस्था विरुद्ध गरिने संघर्षले नै सम्पुर्ण जातजाति भाषाभाषी, कला संस्कृति तथा विभिन्न क्षेत्रको समानुपातिक प्रतिनिधित्व गर्न सक्दछ भन्ने कुरामा विश्वास गर्दछन् र यो व्यवस्था विरुद्ध संघर्ष गरि आमुल परिवर्तन कै लागि संघर्षरत हुन्छन् र व्यवस्था परिवर्तन माथि विश्वास गर्दछन् । तर यो व्यवस्थामा हामीले चाहाने वा चाहेको भन्दा ठिक उल्लो कार्यहरु भइ रहन्छन् ।

खासगरि यो समाजमा दलील र महिलाको नाममा उनीहरुको पक्षमा कलम चलाउनेहरु कतिपय दलील तथा महिला प्रतिनिधिहरु नै जातिय मुक्ती आन्दोलनलाई वर्गसंघर्षसँग जोडन नसके जातिय विद्रोह ल्याउछ भन्ने हेक्का नै नराखि तथानाम आप्mनो जातिको मात्र पक्षमा लेखिरहेको यथार्थ सामाजिक संजालमा खुब देखिने गरेका छन् । यस सम्वन्धमा रुकुम नवराज विक लगायत ६ जनाको सामुहिक हत्याको घटनालाई दलीत समुदायबाट र हिजोमात्र कैलालीको कोरन्टाइनमा बाहुन महिला भनिएकी महिलालाई सामुहिक वलत्कारका दलीत समुदायका आरोपीहरुको विषयमा सामाजिक संजालमा कतिपयको जातिय रंग दिने प्रयास गरेको तितो यथार्थ सबैको सामु छर्लङ्ग छ ।

आफुलाई दलित भनेर सामाजिक संजालमा चिनाउन रुचाउने साथिहरुलाई आफ्नो जात नलुकाइ जातिय मुक्ती आन्दोलनलाई वर्गसंघर्षसँग जोड्दै जानुभयो भने त्यो भन्दा महत्वपूर्ण भूमिका केहि नहोला तर आफ्नै समुदाय भित्र कामी भनिनेहरुको घरमा दमाई भनिनेहरु नपस्ने, सार्की भनिनेहरुको घरमा कामी र दमाई भनिनेहरु पनि नपस्ने अनि जातको नाममा हरेक ठाउँमा आफु सम्पन्न भयपनि सरकारी कोटाको सुविधा लिन नहिच्किचाउनेहरु दलित समुदायको हकहितका संरक्षकहरु हुनसक्छन् ? संरचनाको मायाजाल भित्र रमाउन खोज्ने तर व्यवस्था परिवर्तन भन्दा निश्चित एउटा समुदायको मात्र हकहितका कुरामा मात्र सिमित रहनु ठिक होइन ।

कतिपय अति गरिव बाहुनक्षेत्रीहरु पनि आरक्षणकोटाको हकदार हुनुपर्ने होइन र ? धनीको छोरा भएपनि दलित कोटामा आरक्षण पाउने र गरिव अन्य जातिका भएभने कोटामा सुविधा नपाउने व्यवस्थाको विरोध गर्नुपर्दछ र यस्तोप्रकारका असमान कानुनको विरोध गरि फेसबुकका भित्ताहरुमा वर्ग संघर्षको लागि जनमत जुटाउन वर्गिय आन्दोलनको लागि तैयार रहनु नै सम्पुर्ण देशभक्त जनतान्त्रिक र माक्र्सवादीहरुको कर्तव्य हो । अतः समाज रुपान्तरको समस्या जातमा होइन वर्गमा छ वर्गिय सोंचले नै सम्पुर्ण समाज रुपान्तर गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *