वापीमा धामी र गुरुङ राहतको लागि अगाडि आए

वापी पूर्व । सिलवासा, दमन, वापीपुर्ब, वापी पश्चिम र सरिगाम लगायत ५ वटा नगर अन्तर्गत रहेका नेपाली श्रमिकहरुलाई खानाको कठिन भएमा पवन गुरुङ्ग र भुवन सिंह धामीले व्यवस्था मिलाउने क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले हामीलाई जानकारी दिनुभएको छ ।

भुवन सिंह धामीले स्थानीय संघ संस्थाहरुसँग सहकार्य गरि करिब २०० जनालाई २५ मार्चदेखि हालसम्म निरन्तर बिहान बेलुका खानाको व्यवस्था गर्दै आउनु भएको छ । धामीले वापीमा कुनै पनि नेपालीलाई खानको अभाब भएमा उनीहरुलाई राशन व्यवस्था गरिदिने आसश्वासन समेत दिनु भएको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पूर्व नगर समितिले उलटन फलीया र वापीका विभिन्न एरियाका २० परिवार करिब ५० जनालाई राहत प्रदान गरिएको छ । आटा, चामल, तेल र अन्य खानपिनका समाग्रीहरु वितरण गरिएको थियो ।

वापी पुर्बका नगर अध्यक्ष भुवन सिंह धामीले राशनको समस्या परेका श्रमिकहरुलाई वितरणका लागि नवीन खबास र गन बहादुर रानालाई प्रदान गर्नु भएको थियो ।

सो राहत सामाग्री खवास र रानाले वापीका विभिन्न स्थानहरु पुगी लकडाउनका कारण राशनको समस्या खेपिरहेका श्रमिक नेपालीहरु बीच वितरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार