वापीमा मूल प्रवाहको क्षेत्रीय कार्यलय उद्घाटन

  •   
  •  
  •  
  •  
  •  
  •  

5542 जनाले पढ्नु भयो ।

श्रीधर शर्मा
वापी, २७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको सम्पर्क कार्यालय यहिका दिन वापीको डुंगराको पिरमोरामा सञ्चालनमा आएको छ ।

कार्यालयको उद्घाटन केन्द्रीय सदस्य एवं पश्चिम भारतका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले मोमबत्ती बालेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा गोविन्दबहादुर थापाले संगठनको महत्व, आवश्यकता र संगठनलाई व्यवस्थितरुपमा परिचालनका लागि कार्यालयको आवश्यकताको बारेमा धारणा दिनुभएको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्की, कोषाध्यक्ष श्रीधर शर्मा, सदस्यहरू बाबुराम दहित, गनबहादुर राना, सुरेन्द्र राना, दिपेश लिम्बु र नगर समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै वेदबहादुर कार्कीले सम्पर्क कार्यालय नहुँदा कार्यकर्ताहरु र आम शुभचिन्तक र श्रमजिवी नेपालीहरुलाई संगठनसँगको जिवीत सम्पर्कका लागि असहज भएको हुँदा क्षेत्रीय समितिको सम्पर्क कार्यालयको रुपमा आफूहरुले स्थापना गरेको बताउनु भयो । कार्कीले सम्पूर्ण नेपाली श्रमिकहरुलाई मूल प्रवाहमा आवद्ध हुन आव्हान पनि गर्नु भयो । समस्या परेमा कार्यालयमा सम्पर्क गर्न समेत कार्कीले अनुरोध गर्नु भयो ।

त्यस्तै श्रीधर शर्माले आर्थिक रुपमामा जति सम्पन्न भएपनि समाज तथा संगठनको खाँचो पर्ने बताउनु भयो । जति सक्दो पिडितहरूलाई सहयोग गर्दै समाजमा आबद्ध हुनुपर्नेमा शर्माले जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *