वापी पश्चिममा भव्य एमसीसी विरुद्ध सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

4132 जनाले पढ्नु भयो ।

वापी, ४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा एमसीसी विरुद्ध आमसभा भव्यरुपमा सम्पन्न भएको छ ।

सभालाई समाजका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष ठाकुर खनालले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । नेपालमा एमसीसी सरासर नेपाल र नेपालीहरुलाई ठग्ने, नेपाली संरचना ध्वस्त पार्ने र साम्राज्यवादी महत्वाकांक्षा पुरा गर्ने उदेश्य सहित आएको खनालले बताउनु भयो । “एमसीसीको माध्यमबाट नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाइंदैछ ।” खनालले अगाडि भन्नु भयो– “नेपाली वीरहरुले आफ्नो शिर कटाउन तयार भए तर नेपाल र नेपालीहरुको स्वाभिमान झुक्न दिएनन् ।” वर्तमान सरकारले नेपालको स्वाभिमान एमसीसीसँग साटन लागेको छ, सरकारको यस प्रकारको गतिविधि र क्रियाकलाप कतै सहैय नहुने खनाले जोड दिनु भयो ।

साम्राज्यवादीहरुले कम्यूनिष्ट पार्टीहरुलाई कम्जोर पारी सिध्याउन धेरै प्रकारका तिकडमहरु अपनाउने गर्दछन् त्यसैको एउटा ज्वलन्त उदाहरण नेपालमा भित्र्याउन थालेको एमसीसी रहेको खनालको भनाई थियो । खनालले एमसीसी इंडोप्यासिफिक रणनीतिको एउटा अंग भएको समेत जोड दिनु भयो ।

कार्यक्रमा समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, सल्लाहकार धनवीर पुन, सल्लाहकार श्रीधर शर्मा, मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर, सचिव मोहन ठकुल्ला, पश्चिम भारत क्षेत्रीय सल्लाहकार पवन गुरुंग, दमन नगर समितिका शेर बहादुर विक, वापी पूर्व नगर समितिका भूवन सिंह धामी, वापी पश्चिम नगर समितिका जगत जोशी, सरिगाम नगर समितिका यम बहादुर कार्की, सचिन नगर समितिका हरिकुमार गिरी, सिलवासा नगर समितिका राज भुजेल, महिला क्षेत्रीय विभागबाट शोभा धामी, रक्तिम विभागबाट सविना कुँवर, वापी पश्चिम नगर समितिका संस्थापक सदस्य कृष्ण सिंह बोहरा लगायतले आतित्थ्यता तथा मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले र क्षेत्रीय समितिका सल्लाहकार विन बहादुर रेग्मीको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रमा सहभागिहरुलाई ध्रुव न्यौंपानेले स्वागत गर्नुभएको थियो ।

स्मरण रहोस् एक हप्ता पहिला मात्रै सिंगो वापी पश्चिम नगर समिति प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेको हल्ला सर्वत्र चलाइएको थियो । यो सबैखाले हल्लालाई चिर्दै मूल प्रवाहले वापी पश्चिम स्थित सिनियर सिटीजन हलमा भव्य रुपमा सो सभा सम्पन्न पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *